अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकले वार्षिक ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।
फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने बैंकले प्रति वर्ष ७.९९ प्रतिश्त मै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ ।
डेरा भाडा तिर्नेे पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पु¥याउने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८ १४:३४
प्रतिक्रिया दिनुहोस्