site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘वियर उद्योगलाई निरुत्साहित गर्नु भएन’
SkywellSkywell

काठमाडौं । देशभर ८ वटा वियर उद्योग छन् । यी उद्योगले करिब ५० ब्रान्डमा वियर उत्पादन मात्र गरेका छैनन्, सरकारलाई राजस्वमार्फत वार्षिक अर्बौँ रुपैयाँ योगदान गर्दै आएका पनि छन् ।

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार पनि वियर उद्योगले आर्थिक वर्ष २०७५–७६ मा अन्त शूल्कबाट मात्रै १५ अर्ब ६२ करोड बुझाएको थियो । 

पछिल्ला वर्षमा वियरको माग बढ्दै जाँदा राजस्वमा यसको योगदान पनि बढ्दै गएको देखिन्छ । तर कोभिडका कारण यो उद्योग पनि प्रभावित भएको व्यवसायीहरु बताउँछन् । 

Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०७२–७३ मा ६ अर्ब ८६ करोड अन्त शूल्क बुझाएको यी उद्योगले आर्थिक वर्ष २०७३–७४ मा ८ अर्ब २९ करोड अन्त शूल्क बुझाएको देखिन्छ । यस्तै आर्थिक वर्ष २०७४–७५ मा ११ अर्ब १९ करोड बुझाएकोमा आर्थिक वर्ष २०७५–७६ मा बढेर १५ अर्ब ६२ करोड रुपैयाँ अन्त शूल्क बुझाएको छ । 

यो उद्योगले राज्यलाई अर्बौँ रुपैयाँ राजस्व बुझाए पनि अन्य उद्योग सरह व्यवहार राज्यबाट नपाएको दुखेसो वियर उद्योगीको छ । 
लकडाउनका कारण अन्य उद्योग जस्तै वियर उद्योग पनि धरासायी भएपनि राज्यले अन्य उद्योग व्यवसायलाई जस्तै नजरले नहेरेको बताउँछन् पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरु अधिकारी । कोभिडले अन्य उद्योगहरुलाई जस्तो खालको असर प¥यो त्यस्तो खालको असर यो उद्योगलाई पनि परेको उनले बताए । 

“तर, सरकारले अन्य उद्योगहरुलाई हेर्‍यो, यो उद्योगलाई हेरेन , उत्पादनमुलक उद्योगभित्र पनि हामी ‘अछुतो’ जस्तो भयौं । त्यस्तो व्यवहार सरकारले गरिदिनु भएन,” उनले भने । 

शेर्पा ब्रुअरीका प्रमुख कार्यकारी अधिकृत फुर्बा शेर्पा कोभिडले असर परेको यो उद्योगलाई सरकारले बजेटमार्फत कर बढाइदिँदा थप असर परेको बताउँछन् । 

“विगत दुई वर्षदेखि सुस्ताएको व्यापारमा सरकारले कर बढाइदिएको छ । जसले गर्दा हामीलाई थप गाह्रो बनाइदिएको छ । राज्यले अन्य व्यवसाय सरह नै यो उद्योग व्यवसायलाई पनि लिइदिनुपर्‍यो,” उनले भने, “यो उद्योगलाई पनि अन्य उद्योग व्यवसाय सरहको नजरले मात्रै सरकारले हेरिदियो भने पनि हामीलाई एक खालको सन्तुष्ट मिल्छ ।”

कोभिडका कारण क्रयशक्ति कमजोर हुँदा उपभोग पनि घटेको व्यवसायी बताउँछन् । 

कोभिडका कारण चहलपहल पनि नभएको र महामारीले गर्दा स्वास्थ्यप्रति ‘कन्सस’ बढेको व्यवसायीको अनुभव छ । 

वियर उद्योगीले राज्यबाट धेरै सहयोग नखोजेको बताउँछन् । “कोडिभले सबै क्षेत्र प्रभावित भइरहेको बेलामा करको दर नबढाइदिएको भए हुन्थ्यो भन्ने हो । कर बढाउँदा उपभोक्तालाई गाह्रो भएको छ । कर बढाउँदाको असर कम्पनीलाई त नै तर त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पनि पार्छ । हाम्रो उत्पादन यो वर्ष नबिक्ला, अर्को वर्ष विक्छ तर सर्वसाधारणलाई भने तत्काल नै असर पार्छ,” एक उद्योगीले बताए । 

गतवर्ष सरकारले कोभिडको कारणले कर बढाएको थिएन तर यो वर्ष एकैपटक २० प्रतिशतले कर बढाउँदा ‘एड्जस्ट’ गर्न उपभोक्तालाई पनि असहज भएको ती व्यवसायीको भनाई छ । 

राज्यले वियर उद्योगलाई राजस्वको स्रोत मात्रै बनाएको बुझाइ पनि उद्योगीको छ । 

प्रत्यक्ष एवम् परोक्ष रुपमा यो उद्योग व्यवसायले १० लाख बढीलाई रोजगारी दिएको छ । “राज्यलाई राजस्व र रोजगारीमा धेरै योगदान गरेको बियर उद्योगलाई निरुत्साहित गर्नु भएन,” घिमिरेले भने । 

सरकारले राजस्व बढाउँदा वियर महङ्गो भएपछि पछिल्लो समयमा उपभोक्ता ८ प्रतिशत अल्कोहल हुने ‘स्ट्रोङ’ बियरमा आकर्षित भएको उद्योगीले बताए । 

“वियर उपभोग गर्ने उपभोक्तामध्ये ६० प्रतिशत उपभोक्ता स्ट्रोङ वियर खान थालेका छन् । यसको प्रमुख कारण भनेको नै मूल्य हो । प्रिमियम भन्दा स्ट्रोङ बिवयर सस्तो हुन्छ । त्यसैको प्रयोग अहिले बढिरहेको छ,” उनले भने । 

नेपालमा सीजी ब्रुअरी, गोर्खा ब्रअुरी, यती ब्रुअरी, राज ब्रुअरी, याक ब्रुअरी, टाइगर ब्रुअरी, माउन्ट एभरेष्ट ब्रुअरी, र हिमालयन ब्रुअरीले वियर उत्पादन गर्दै आइरहेका छन् । यी उद्योगहरुले वार्षिक १ करोड ५० लाख कार्टुन वियर उत्पादन गर्दै आइरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu