काटमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनको फेसबुक र ट्विटर सक्रिय भएका छन् । उनका दुवै अकाउन्ट देउवा प्रधानमन्त्री भएपछि भेरिफाइड पनि भएका छन् ।
उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्बाट विश्वासको मत पाएकै दिन दिएको बधाई भने ‘फेक एकाउन्ट’मा छ ।
उनले @DeubaSherbdr ह्याण्डलमा बधाइ दिएका छन् । तर कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको
भेरिफाइड अकाउन्ट भने @SherBDeuba हो । तर, शेरबहादुर देउवाको आधिकारिक अकाउन्टबाट नै मोदीलाई धन्यवाद भनिएको छ ।
Thank you very much, Prime Minister @narendramodi Ji, for your congratulatory note. I look forward to closely working with you to strengthen the relationship between our two countries and people. https://t.co/rJIElX1ytY
— Sher Bahadur Deuba (@SherBDeuba) July 18, 2021
देउवाको सामाजिक सञ्जालको भद्दा प्रयोगले अहिले उनकै आलोचना बढी भएको छ ।
कतिपय विषयमा देउवाले राख्ने धारणा ट्विटर र फेसबुकमा आउने धारणा हेर्दा तादम्यता देखिँदैन । त्यसैले पनि उनका सामाजिक सञ्जाल अरुले नै प्रयोग गरिरहेको अनुमान गर्न सकिन्छ ।
तर, देउवा प्रधानमन्त्री भएपछि पछिल्लो समय तिनै भेरिफाइड अकाउन्टबाट ‘मसँग जोडिनका लागि फलो गर्नुस्’ भन्ने सूचनाहरु प्रवाह भइरहेका छन् ।
देउवाको भाइबर, इन्स्टाग्रामसहितका अकाउन्टमा फलो गर्नुस् भन्ने आधारमा दैनिक धेरै मानिसहरुले देउवालाई भाइबर र इन्स्टाग्राममा फलो पनि गरिरहेका छन् ।
के तपाई लाइ थाहा छ ?
— Sher Bahadur Deuba Fan (@SherBDeubaFan) August 5, 2021
आफ्नै प्रधानमन्त्रीत्व कालमा २०५९ मा शेरबहादुर देउवा ले भस्ट्रचार निवारण एेन पारित गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुदृढ र शक्तिशाली बनाउनु भएको थियो !!#NoCorruptioninDeubaTermpic.twitter.com/ajZoG6bDUh
तर, सामाजिक सञ्जालमा देउवाको बयान गर्दै पोस्ट गरिएका सूचनाले भने भर्खरै प्रधानमन्त्रीका रुपमा काम थालेका प्रधानमन्त्रीको ‘बदनामी’ गरिरहेको कांग्रेसकै एक नेता बताउँछन् ।
‘मलाई शेरबहादुर देउवा मन पर्छ, किन भने..’ भन्दै सार्वजनिक हुने भिडियो सूचना तथा ग्राफिक्स गरिएको टेक्स्टले सामाजिक सञ्जालमा देउवाकै टिप्पणी गराइरहेका छन् ।
धेरैजसोले यसलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तै प्रचारमोहका रुपमा व्याख्या गरेका छन् । केहीले प्रधानमन्त्रीलाई यस्तो बुद्धी कसले दिन्छ होला भन्दै जिज्ञासा राखेका छन् भने केहीले त्यसप्रति व्यङ्ग्य गर्दै प्रतिउत्तरमा भिडियो नै बनाउन भ्याएका छन् ।
भिडियो बनाएर व्यङ्ग्य गर्नेमा मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला पनि छन् । कोइरालाले देउवाकै टिमबाट बाहिर ल्याइएको भिडियोकै आईडी सुरुमा राखेर देउवा आफूलाई मन पर्ने नेता भन्दै व्यङ्ग्य भिडियो बनाएका छन् ।
उनले मन पर्नुका कारण अनेक भएको भन्दै एउटा राम्रो कथाको प्लट तयार पारेका छन् ।
सबैले भन्छन् तपाईंलाई सबैभन्दा धेरै मन परको नेता को हो भनेर, मलाई चाहिँ शेरबहादुर देउवा मन पर्नुहुन्छ । मन पर्नुका कारण पनि अनेक छन् –एउटा दुइटा भए पो भन्ने !
एउटा कारण त भनिहालौँ –बच्चा बेलामा म स्कुलबाट भागेर हाम्रो रामनारायण गुरुको छोरा वीरेसँग सिनेमा हेर्न बलबलिया गएको थिएँ (इन्डिया) । र, जय श्रीराम भन्ने सिनेमा हेर्दै थियौँ । सिनेमा हेर्दा हेर्दै म निदाएँछु । निदाएको बेला मलाई साक्षात हुनुमानजीले घचघच्याउन आउनुभएको थियो ।
भन्नुभएको थियो– तैँले यो श्रीराम के हेरिराछस् । साक्षात रामजीको त अर्को अवतारमा तेरै देशमा जन्म भइसक्यो बालक –यो अनुहार हेर भन्दै एउटा फोटो देखाउनुभयो । र, मलाई भन्नुभयो– तिमीहरुका दुःखका दिन गए !
सपनाको धेरै कुरो त मैले बिर्सिएँ तर, केही दिनपछि म काठमाडौं आएको थिएँ । काठमाडौंमा एउटा मोटो–मोटो चस्मा लाको, ठूलो वक्कल भएको पेटी लाको ठ्याक्कै त्यही जुन हनुमानले मलाई देखाउनुभएको थियो – त्यही अनुहार पत्रिकामा देख्छु । गज्जब छ ! त्यहाँपछि त म यति भगवान मान्न थालेँ र मलाई आजसम्म पनि के लाग्छ भने ‘भगवान रामजीको नयाँ अवतारको उदय यो देशमा भएकै छ । मान्छेहरु नजानेर कहिले ठोरी कहिले माडी भन्छन् – हैन, डडेलधुरा हो !
जान्नुपर्यो क्या खोजी पनि त्यसरी हुनुपर्छ । उहाँले आजसम्म जे गर्नुभएको छ, म त प्रशंशक हो समर्थक हो । किनभने मलाई थाहा छ, उहाँले जे गरिरहनुभएको छ– यो चराचर जगतका हामीजस्ता पापी मनुस्यहरुको मुक्तिका लागि गरिरहनुभएको छ भन्नेमा मलाई एकदमै विश्वास छ । तपाईंले पनि यसमा विश्वस्त हुन सिक्नुहोस् । जय श्रीराम ! जय श्री हनुमान ! जय नेपाल ! ”
मलाई शेर बहादुर देउवा मन पर्छ, किन भने...
— रामेश (@RaameshKoirala) August 5, 2021
'उहाँ नेपाली जनताको समृद्धिका लागि अहोरात्र खट्न सक्ने अद्भूत क्षमताको मानिस हुनुहुन्छ। केपी ओलीजी, प्रचण्डजी र शेर बहादुरजी मेरालागि उस्तै उस्तै महानायक हुनुहुन्छ।'????? pic.twitter.com/8HRMKRjj6I
डा. रामेशले भनेजस्तै शैलीमा देउवालाई बीपीपछिको महान नेतादेखि देउवा श्रीपेच नभएको युवराज भनेर प्रचार सामग्री आइनै रहेका छन् । देउवाको स्वकीय सचिव भएकादेखि देउवाले प्रदेश प्रमुख बनाइएका अनुराधा कोइरालासम्मलाई राखेर उनीहरुले देउवाको प्रशंसा गरको भिडियोहरु ‘मलाई कांग्रेस मन पर्छ किन भने..’ शिर्षकमा सार्वजनिक भइरहेका छन् ।
मलाइ शेरबहादुर देउवा मन पर्छ किनभने...
— Sher Bahadur Deuba Fan (@SherBDeubaFan) August 4, 2021
उहा २४ घन्टा देश पाटि आफ्नो सस्था लाइ राम्रो गर्ने पिल्ज गर्ने भनेर दत्त चित्त भएर काम गर्ने हुन्छ !! pic.twitter.com/1vzcgAfhou
यो काम देउवाकै सचिवालयले निरन्तर गरिरहेको छ ।
देउवाको यो शैलीको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।
तर देउवाको सचिवालयले भने असल नियतका साथ काम गरिएको प्रतिक्रिया दिएको छ ।
मलाइ शेरबहादुर मनपर्छ किनभने !!
— Sher Bahadur Deuba Fan (@SherBDeubaFan) July 30, 2021
उहा एक एतिहासिक पुरुस हुनुहुन्छ महान व्यक्तित्व हुनुहुन्छ !
नेपालि कांग्रेस मा विपि पछिका महान व्यक्तित्वसालि व्यक्ति हुनुहुन्छ
विपि कोइराला ले शेरबहादुर लाइ बिना शेरपेचका राजकुमार भन्नुहुन्थ्यो ..... ❤️❤️ pic.twitter.com/Nb5M1DNYdu
“हामीले करिब सात आठ महिनादेखि यो काम सुरु गरेका थियौँ, मसहित केही साथीहरु त्यसमा आवद्ध छौँ,” प्रधानमन्त्री देउवाको सचिवालयमा रहेर काम गरेका एक सदस्यले भने, “हामीले कांग्रेसले विगतदेखि अहिलेसम्म गरेका काम र त्यसले देश र जनतामा पारेको प्रभाव त्यसमा देखाउने प्रयास गरेका हौँ ।”
मलाइ शेरबहादुर मन पर्छ किन भने
— Sher Bahadur Deuba Fan (@SherBDeubaFan) August 2, 2021
उहाकै पहलमा महिला हरु ३३% सहभागिता सुनिश्चित भएको हो !!#WeLoveYouDeubapic.twitter.com/o8dXP1r4CO
उनले असल नियतले काम गर्दा पनि नबुझी टिप्पणी हुने गरेको बताए ।
“अहिले कांग्रेसको महाधिवेशन नजिक भएकाले शेरबहादुर देउवाका भिडियो आएका हुन्, तर, पूर्वप्रधानमन्त्रीहरु सुशील कोइराला, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईका विषयमा पनि भिडियो र अडियो तथा टेक्स्ट सन्देशहरु बनेका छन् । ती क्रमशः आउँदै जाने छन् ।”