site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

नेपाल प्रहरीबाट सरकारले दोसेको प्रशिक्षण प्रतिष्ठानको जमिन फिर्ता गरेर अगिल्लो सरकारले गरेको गल्ती सच्याउन माग गर्दै पूर्वमहानिरीक्षकहरूले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिएका छन् । पूर्ववर्ती सरकारको निर्णयलाई उनीहरूले ‘शक्तिको तामसपूर्ण प्रदर्शन र बाह्य तडक भडक’को संज्ञा दिएका छन् । 

यथार्थमा राष्ट्रपति विद्यादेवी भण्डारीको सोख पूरा गर्न नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान महाराजगन्जबाट हटाउने निर्णयले राष्ट्रपति संस्थाकै बदनाम भएको छ । ओली सरकारको गलत निर्णय सच्याउन माग गर्दै नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले ‘गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी’को उपेक्षा गरिएकोमा आक्रोश पनि प्रकट गरेका छन् ।  

राष्ट्रपति भण्डारीलाई असुविधा भयो भन्दै सरकारले २०७५ असोज २१ गते प्रतिष्ठानले चर्चेको जमिन मन्त्रिपरिषद्ले हाल राष्ट्रपति निवास बनाइएको शीतल निवास नामको महलको परिसरमा गाभ्ने निर्णय गरेको थियो । शीतल निवास र प्रहरी प्रशिक्षण प्रतिष्ठानको साँध जोडिएको छ । राष्ट्रपति भवनभित्रै हेलिप्याड बनाउन प्रहरीको जमिनमा आँखा लगाइएको चर्चा उति बेलै भएको थियो ।  

KFC Island Ad
NIC Asia

राष्ट्रपतिलाई असुविधा भएका बहानामा प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई दिवंगत प्रहरी वरिष्ठ उपरिक्षक कृष्णभक्त श्रेष्ठले दान गरेको जग्गा अर्को कुनै प्रयोजनमा प्रयोग गर्नु नैतिक दृष्टिमा पनि उचित थिएन । आफ्नो संगठनको मायाले पिरोलिएका पूर्वमहानिरीक्षकहरूले सो जग्गा उनको परिवारलाई अवश्य पनि अर्कै प्रयोजनमा प्रयोग गर्दा जग्गादाताको परिवारका लागि पनि स्वीकार्य नहुने स्मरण गराएका छन् । 

त्यसो त जनताको चन्दाबाट लैनचौरमा बनाइएको ‘सामाजिक सेवा भवन’ पनि उपराष्ट्रपतिको निवासका लागि भन्दै ओली सरकारले कब्जा गरेको छ । ओली सरकारको यस्ता निर्णयहरू राजनीतिक नेतृत्वमा देखिएको विलासी प्रवृत्ति र शक्तिको उन्मादको प्रतिनिधि दृष्टान्त हुन् । 

Royal Enfield Island Ad

अनुशासित सुरक्षा संगठनका पूर्वप्रमुखहरूले समेत  राजनीतिक नेतृत्व ‘सत्ता सञ्चालनको उन्माद’ग्रस्त रहेको र नेपाल प्रहरीको ‘गरिमा र अस्तित्वलाई क्षण भरमै निमिट्यान्न पार्ने कार्य न्याय संगत’ नभएको भन्नुपर्ने अवस्था असामान्य तथा दूर्भाग्यपूर्ण हो । नेपाल प्रहरीका पूर्वप्रमुखहरूले एकै स्वरले गरेको यो गुनासो र मागमा नेपाली जनताकै भावना प्रतिविम्बित भएको छ । 

पूर्वप्रहरी महानिरीक्षकहरूले भनेजस्तै प्रधानमन्त्री देउवाको सरकारलाई अगिल्लो सरकारले शक्तिको उन्मादमा गरेको विवेकहीन निर्णय र अभ्यास सच्याएर राज्यको साख एवं छवि सुधार गर्ने अवसर छ ।  त्यसमा पनि यति विवाद भइसकेपछि राष्ट्रपति भण्डारी आफैँ अग्रसर भएर सरकारको निर्णय फिर्ता गराउनु उचित हुनेछ । 

यसमा राष्ट्रपति भण्डारीले इख राख्नु पनि पर्दैन । यति उदारता देखाउँदा उनको प्रतिष्ठा बढ्नेछ । त्यसै पनि  विलासको भोक कहिल्यै मेटिँदैन । लामो सङ्घर्षपछि स्थापित लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्ने सौभाग्य पाएकाहरूलाई सामन्ती सोख र सान सुहाउँदा पनि सुहाउँदैन । 

राष्ट्रपतिको हालको निवासमा असुविधा नै भएको हो भने अन्यत्र  आधुनिक सुविधा भएका सामान्य  भवनमा सारे हुन्छ । भव्य तामझाम नै चाहिने हो भने राष्ट्राध्यक्षको निवास नारायण हिटी दरबारलाई नै बनाए पनि हुन्छ । तर, सिंगो प्रहरी संगठन, उदारमना जग्गादाता प्रहरीको परिवार र देशको माया गर्ने सचेत नागरिकको चित्त दुखाउने काम गर्नु हुँदैन ।

यसैले प्रधानमन्त्री देउवाले सकेसम्म राष्ट्रपति भण्डारीलाई सहमत गराएर र नभए पनि देशको ठूलो जनमतको कदर गर्दै प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगन्जको जमिन फिर्ता गर्ने निर्णय गराउनुपर्छ । जनमतको कदर नगर्ने सरकारले आफूलाई लोकतान्त्रिक र जनमुखी भन्ने नैतिक अधिकार हुँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ११:०५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro