site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

कर्मचारीको सरुवा, बढुवा र नियुक्तिमा मनपरी गरेर अगिल्लो सरकारले यसै पनि जर्जर नेपालको प्रशासन यन्त्रलाई मूर्च्छित बनाएको छ । त्यस्ता बेथिति र बदमासी सच्याएर प्रशासन संयन्त्रलाई पारदर्शीरूपमा सञ्चालन गरी मूर्च्छाबाट बिउँताउने दायित्व यस सरकारको हो ।

सरकारको ध्यान भने पहिलेको गल्ती सच्याउनतिर गएको देखिएन । अगिल्लो सरकारले संविधान र संसद् छलेर संवैधानिक आयोगमा गरेको ‘अवैध’ नियुक्ति कानुनसम्मत  विधिबाट खारेज गर्न कुनै प्रयत्न नगरी सरकार सातिना सरुवामा बढी केन्द्रित देखिएको छ ।

जनताको चाहना भने अगिल्लो सरकारको बेथिति नदोहोरियोस् भन्ने देखिन्छ । यसैले सरकारी क्रियाकलाप हेर्दा जनचाहनामा कुठाराघात हुने लक्षण देखिन थालेको छ । ओली सरकारले मच्चाएको ब्रह्मलुट र बेथिति नसच्याउने हो भने शेरबहादुर देउवा प्रधानमन्त्री हुनुको कुनै अर्थ हुँदैन । 

KFC Island Ad
NIC Asia

प्रशासनमा निश्चित समयमा निर्धारित आधार र मापदण्डका आधारमा मात्र सरुवा गरिने नियम छ । त्यसलाई विशेष कारण नपर्दासम्म कसैलाई रिझाउन वा कृपा गर्न राज्यका संयन्त्र खलबल्याएर बेथिति निम्त्याउनु विधिको शासन विपरीत हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भएका र बदर गरिएका सरुवाहरू यस्तै बेथितिका उदाहरण हुन् ।

सरकारले मंगलबार भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । दल विशेषका कार्यकर्तालाई जागिर खुवाउन राजनीतिक स्वार्थ राखेर गरिएको यस्तो संरचना खारेज गर्नु सकारात्मक हो । तर, अर्कातिर त्यस्तै प्रकृतिको कुनै संरचना बनाउने गरियो भने त्यसले झन् गलत परम्परा बसाल्नेछ । 

Royal Enfield Island Ad

भूमिहीनहरूको समस्या समाधान स्थानीय तहको अधिकार क्षेत्रको विषय हो । यसैले खारेज गरिएको आयोगले अहिलेसम्म सङ्कलन गरेको भनिएको विवरण  सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाउनु उचित हुनेछ । 

बेलाबखत देखापर्ने समस्या समाधानका लागि अलग्गै संरचना नबनाई आवश्यक भए कानुन संशोधन गरेर यस्ता विशेष समस्या नियमितरूपमै समाधान गर्ने अभ्यासले विधिको शासनलाई बलियो बनाउँछ । यसका लागि कर्मचारी प्रशासनमा हस्तक्षेप गर्न सरकारले बन्द गर्नुपर्छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । अब संसदीय सुनुवाइ छलेर जस्केलाबाट गरिएका नियुक्ति पनि खारेज गरिनु वाञ्छनीय हुन्छ । अहिले यो विषयमा सर्वोच्च अदालतमा मुद्दाहरू विचाराधीन छन् । मुद्दाको टुंगो लागेपछि संविधानको मर्मविपरीत दलगत स्वार्थमा सरकारले मनपरी गर्न नपाउने गरी कानुन निर्माण गर्नु उपयुक्त देखिन्छ । 

ओली सरकारकै अराजकता बढाउने बेथितिको सिको गर्ने कि अराजकता  अन्त्य गरेर विधिअनुरूप शासन चलाउने भन्ने त प्रधानमन्त्री शेरबहादुर देउवाले नै रोज्ने हो । गठबन्धन वा पार्टीका नेतालाई खुसी पार्न अनुचित उपाय अपनाउँदा  हुने  परिणामको भुक्तभोगी त प्रधानमन्त्री देउवा नै छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १३:०६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro