राजनीति
काठमाडाैं । गृहमन्त्री बाल कृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएकाे भेटका क्रममा गृहमन्त्री खाणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा रहेकाे बताए ।
हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा प्रयाप्त मात्रामा खोप उपलब्ध भएपनि प्रयोग नभएको भन्दै उनले प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । साथै उनले संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८ २२:५०
प्रतिक्रिया दिनुहोस्