site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

प्रतिनिधि सभाको निर्वाचन निर्धारित मितिमै भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान कार्यकाल एक वर्ष चानचुनमात्रै हुन्छ । देश महामारीको चपेटामा छ । बाढी पहिरोबाट आक्रान्त छ । अर्थतन्त्र र जनजिविका सङ्कटमा छन् ।

यस्तो अवस्थामा  सरकारले ‘युद्धस्तर’मा काम गर्नुपर्थ्यो । प्रधानमन्त्री देउवाले भने सरकारले विश्वासको मत पाएको तीन साता लाग्दासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषद् पनि गठन गर्न नसक्ने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा गर्ने ?

संयुक्त सरकार हुनाले गठनमा केही ढिलाइ हुनु अस्वाभाविक थिएन । त्यस्तै अवस्थामा पनि प्रधानमन्त्रीले आफ्नो पार्टीबाट गर्नुपर्ने जति मन्त्री नियुक्त गरेर अन्योलको अन्त्य गर्नुपर्थ्यो । तर, अरूले ढिलो गरेको बहानामा अनिर्णयको बन्दी  बन्ने सुविधा प्रधानमन्त्री देउवालाई छ र ? 

KFC Island Ad
NIC Asia

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीका रूपमा गठबन्धनका नेता पनि हुन् । यसैले गठबन्धनका अरू नेताले उनलाई विश्वास गर्नु जरुरी हुन्छ भने देउवा स्वयंले पनि पार्टीको स्वार्थभन्दा माथि उठेर विवेक देखाउन सक्नुपर्छ । पाँचौपटक प्रधानमन्त्री भएका देउवालाई गठबन्धन सञ्चालनको तरिका अरूले सिकाउनु पक्कै नपर्ला !

पार्टीभित्र मन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न नसकेपछि जनतालाई अलमल्याउन गठबन्धनका नेताले ‘न्यूनतम साझा कार्यक्रम’ निर्माणको ‘गफ’ दिएका छन् । यसभन्दा पहिले पनि कहिल्यै कार्यान्वनय नहुने साझा कार्यक्रममा तमासा धेरैपटक देखिइसकेको छ । 

Royal Enfield Island Ad

शासन चलाउन उच्चस्तरीय संयन्त्र, सरकारको आधिकारिक नीति र कार्यक्रमबाहेकका साझा कार्यक्रमहरूजस्ता उपायहरू प्रधानमन्त्रीलाई नियन्त्रण गर्न गरिने असंवैधानिक अभ्यासमात्र हुन् । यस्तो पासो थापेपछि सरकार स्वःस्फूर्तरूपमा सञ्चालित हुनसक्तैन ।

संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीलाई निर्धक्कसँग काम गर्न दिइनुपर्छ । प्रधानमन्त्रीले लोकतान्त्रिक शासनको मर्मविपरीत आचरण गरेमा उनलाई दिएको समर्थन फिर्ता लिएर हटाउनुपर्छ । प्रधानमन्त्रीलाई देखाएर पर्दापछाडिबाट अरूले हैकम चलाउन खोज्नु ‘द्वैध शासन’को अभ्यास हो । 

यस सरकारको साझा कार्यक्रम त अगिल्लो सरकारले लोकतान्त्रिक मूल्य मान्यताको प्रतिकूल हुने गरी गरेको गल्ती, कमजोरी र बदमासी सच्याउनु हो । कोभिड-१९ र बाढीपहिरोबाट आक्रान्त जनताको उद्धार, पुनःस्थापना र पुनःनिर्माणमा ध्यान दिए पुग्छ । 

सुरूमै सरकारले ‘नमच्चिने पिङको सय झड्का’ भन्ने उखान चरितार्थ गर्न नलागोस् । मन्त्रिपरिषद्लाई पूर्णता दिएर त्यसैले गर्न सकिने काम गर्न थाले सबैभन्दा उपयुक्त साझा कार्यक्रम त्यही हुनेछ । अहिलेको अलमल प्रधानमन्त्री देउवाका लागि प्रत्युत्पादक हुँदै गएको छ । दुर्भाग्य, त्यसको मार र भार भने नेपाली जनताले सहनुपर्छ ।       
 

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १६:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro