देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य सचिव लक्ष्मण अर्याल सरुवा भएका छन् । अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको बताइएको छ ।
यही साउन १२ गतेको मन्त्रिपरिषद्को बैठकले अर्यालसहित तीनजना सचिवलाई सरुवा गरेको हो । अर्याल ०७७ जेठ १८ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासनतर्फका स्वास्थ्य सचिवको रुपमा कार्यरत थिए ।
स्वास्थ्य मन्त्रालयलमा अब सेवातर्फका सचिव डा. रोशन पोखरेल मात्र रहनेछन् ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८ १३:२७
प्रतिक्रिया दिनुहोस्