देश
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा आज बिहान एक थुनुवाले ‘आत्महत्या’ गरेका छन् । थुनुवाकक्षको शौचालयमा आत्महत्या गरेको बताइएको छ ।
धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेको जानकारी दिए । उनी केही दिनअगाडि घरायसी विवाद हुँदा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका थिए ।
एसपी भाटका अनुसार रविदास आफूले लगाउने गन्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुन्डिएका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८ १०:३२
प्रतिक्रिया दिनुहोस्