देश
![ललितपुर महानगरमा भोलिदेखि ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइँदै](https://12khari.top/uploads/posts/Vaccine Khop1626364956.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । ललितपुर महानगरपालिकामा भोलिदेखि ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।
साउन १५, १६, १७ गते खोप कार्यक्रम हुने छ । ४५ वर्ष माथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउने छन् । महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सन खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८ १७:३१
प्रतिक्रिया दिनुहोस्