काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ ।
यस अटो प्लस सम्झौता टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्किम सवारीसाधन दर्ता भएको मितिबाट पाँच वर्षसम्म लागु हुनेछ ।
साथै, यो स्किम व्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुनेछ । जसअन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर तीन हजार र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार ५०० प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजनालगायत फाइदाहरु रहेको जनाइएको छ ।
सिप्रदीको तर्फबाट उपसभापति सौरवराज थपलिया र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
यो योजनामा सहभागी हुनका ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङको आफूलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दाबी गर्न सक्ने जनाइएको छ ।