site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

अगिल्लो सरकारका त्रुटि, कमजोरी, बदमासी र बेइमानीबाट सिक्न र जोगिन सके पनि नयाँ सरकारले तिनकै अनुसरण गर्नु प्रत्युत्पादक हुन्छ । कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा ओली सरकारले गरेकै गल्ती दोहोर्‍याइयो भने मुलुकमा भयावह अवस्था  उत्पन्न हुनसक्छ । 

निषेधाज्ञा जारी हुँदाहुँदै पनि सङ्क्रमण बढ्नुले निषेधाज्ञाको शैलीमा गम्भीर त्रुटि रहेको अनुमान सहजै गर्न सकिन्छ । सम्भवतः नियमनको कमजोरीका कारण निषेधाज्ञामा समेत सङ्क्रमण बढ्ने क्रम नघटेको हो । मंगलबारको विवरणअनुसार २४ घन्टामा मात्रै करिब ४ हजार जना संक्रमित थपिएका छन् ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  नेपालमा कोभिड-१९ को थप प्रकार देखिएको छ । मन्त्रलयले सङ्क्रमण नियन्त्रण र रोकथाममा संवेदनशील हुन आग्रह गरेको छ । अर्थात्, अहिलेको स्वरुपको निषेधाज्ञा सङ्क्रमण नियन्त्रण गर्न  विफल भएको छ । 

KFC Island Ad
NIC Asia

सङ्क्रमण रोक्नका लागि खोपको व्यापक वितरणका साथै मास्कको अनिवार्य प्रयोग तथा सामाजिक दूरी कायम राख्नुबाहेक अरू उपाय देखिएको छैन ।  खोप सरकारले चाहँदैमा सबैलाई तुरुन्तै पुर्‍याउन सम्भव नहोला । यसैले मास्कको प्रयोग र भौतिक दूरीको नियमनमा पनि उत्तिकै जोड दिनुपर्ने हुन्छ ।

सरकारले किशोरावस्थाको जनसंख्याका लागि पनि खोप खरिद गर्न लागेको समाचारले केही आशा भने जगाएको छ । यद्यपि, कर्मचारीतन्त्रका भरमा पर्ने हो भने समयमा खोप आउँछ नै भनेर ढुक्क हुन सकिँदैन । 

Royal Enfield Island Ad

सिरम इन्डियासँग किनेको खोपको दोस्रो खेप नआउनुमा कम्पनीमात्र हैन नेपालका कमिसनखोर र कर्मचारी पनि उत्तिकै दोषी छन् । अहिले भएकै खोपको पनि न्यायोचित वितरण हुनसकेको छैन । यसैले खोप आपूर्तिका साथै वितरणमा पनि राजनीतिक नेतृत्वको निकट सुपरिवेक्षण आवश्यक देखिएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आफ्नो जिम्मेवारी पूरा भएको ठानेको देखिन्छ । सार्वजनिक यातायातदेखि बजारसम्म कतै पनि मास्क र भौतिक दूरी कायम भए नभएको अनुगमन भएको छैन । यही बेला विरोध र शक्ति प्रदर्शनको होड चलेको छ । 

यस्तो अवस्थामा नागरिकका मौलिक हकहरू कुण्ठित नगरी जनस्वास्थ्यका सुरक्षा मापदण्ड प्रभावकारीरूपमा लागू नगरे सङ्क्रमण कम हुँदैन । राजनीतिक नेतृत्वको निकट सुपरिवेक्षण तथा संवेदनशीलताविना जनस्वास्थ्यका सुरक्षा मापदण्ड प्रभावकारीरूपमा लागू हुनसक्ने देखिँदैन ।

जनताले जीवन र जीविकामध्ये एउटा रोज्न पर्ने अवस्था आउन नदिन शासकमा सुझबुझ र पूर्वक्रियाशीलता जरूरी हुन्छ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीले आफ्नो सुझबुझ, व्यवस्थापन कौशल र मानवीय संवेदनशीलता प्रदर्शन गरेर आलोचकहरूलाई उत्तर दिनसक्नुपर्छ । सरकार इमानदार देखियो भने नागरिकमाथि पनि स्वास्थ्य मापदण्ड पालना गर्ने दबाब पर्नेछ ।

भारतसँगै नेपालमा पनि सङ्क्रमणको तेस्रो लहर फैलने अवश्यम्भावी छ । भारतबाट आउनेहरूको परीक्षण तथा व्यवस्थापन राम्ररी गर्न सके नेपालमा सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ । स्थानीय तहलाई संघले शोधभर्ना दिने गरी सघाउने हो भने परीक्षण र सङ्क्रमितको व्यवस्थापन गर्न खासै कठिन पनि हुनेछैन ।   

सरकार संवेदनशील र सक्रिय हुने तथा अब विगतमा जस्तो हेलचेक्य्राइँ, अनियमितता र बेइमानी नहुने जनअपेक्षा पूरा होस् १ 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ११:५०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro