site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा साउन १४ सम्म थपियो निषेधाज्ञा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । चितवनमा जारी निषेधाज्ञा पुनः लम्ब्याइएको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी लामो तथा छोटो दूरीका अत्यावश्यक सवारीसाधन र अत्यावश्यक परीक्षालाई केही खुकुलो गरी यही साउन १४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिएको छ ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित कम नभएको र जोखिम कायम रहेकोले निषेधाज्ञा थपिएको कार्यालयले जनाएको छ । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

थपिएको निषेधाज्ञामा अघिल्ला निषेधाज्ञाभन्दा केही खुकुलो गरिएको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए । अत्यावश्यक  यातायात र परीक्षाका तालिकाबाहेक अरु अघिल्ला  नियमलाई  निरन्तरता दिइएको छ ।

“अत्यावश्यक लामो तथा छोटो दूरीका यातायात र केही लोकसेवा, चिकित्साशास्त्रलगायतका टीयूका परीक्षालाई यसपटक खुकुलो बनाइएको हो,” उनले भने ।

Royal Enfield Island Ad

उनका अनुसार यसअघि जिल्लामा जोर–बिजोरको आधारमा निजी तथा भाडाका सवारी सञ्चालनमा आए पनि भोलिदेखि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा अत्यावश्यक छोटो तथा लामो दूरीका सवारीसाधनलाई अन्तरजिल्ला प्रवेश गर्न दिइनेछ ।

यस्तै, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तोकिएका परीक्षा सञ्चालन गर्न पाइने पौडेलले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro