site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

संविधानका छित्रहरू र पदको दुरुपयोग गरेर संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सम्भवतः यही कारणले तिनलाई पदमुक्त गर्न व्यापक जनदबाब भए पनि सरकारले कुनै निर्णय नगरेको होला ।
  
यसै पनि विभिन्न संवैधानिक निकायमा जस्केलाबाट नियुक्त पदाधिकारीलाई अदालत वा सरकारले हटाउनुभन्दा पहिले उनीहरूले नै राजीनामा दिए बेस हुने देखिन्छ । त्यस अवस्थामा नैतिक वैधताको सर्वोच्चता स्थापित हुनेछ ।
 
राज्यका सबै अङ्ग र निकाय कब्जा गर्ने सर्वसत्तावादी दुर्नियत राखेर तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले पहिले संवैधानिक परिषद्को ऐन नै अध्यादेशमार्फत संशोधन गराए । त्यसपछि संसद् भङ्ग गरेर संसदीय सुनुवाइसमेत हुन नदिई सिफारिस गर्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरिन् ।
 
नेपालको संविधान, २०७२ को भावनाविपरीत संविधान परिषद्सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरिएपछि सभामुख र प्रमुख विपक्षी नेता परिषद्को बैठकमा गएनन् । त्यही मौका छोपेर पहिलो र दोस्रोपटक गरी सबै संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरियो ।
 
अहिले संवैधानिक आयोगमा बहाल अधिकांश पदाधिकारी तथा सदस्य संवैधानिक प्रावधान  छलेर नियुक्त गरिएका छन् । उनीहरूको नियुक्तिका लागि गरिएको सिफारिस नै दुराशययुक्त सिफारिसमा आधारित छ भने संसदीय सुनुवाइ पनि भएको छैन । 
 
फलतः संवैधानिक निकायका पदाधिकारी नै ‘अवैध’ देखिएका छन् । जस्केलाबाट नियुक्त पदाधिकारीमा पनि आफ्नो विवादास्पद नियुक्तिप्रति लघुताभाष रहेको हुन्छ । उनीहरूले आफ्नो नैतिक वैधताको दाबी नै गर्न सक्तैनन् । 
 
अर्कातिर न उनीहरूप्रति सरोकारवाला समूह एवं सम्बन्धित कार्यालयका कर्मचारीमा विश्वास र आदर हुन्छ न तिनले सरकारको सहयोग नै पाउँछन् । बितेको ३ वर्ष पदाधिकारी नियुक्त नगर्दा राज्यले महत्त्व दिएको क्षेत्रमा कुनै काम भएन भने अहिलेका पदाधिकारी रहुन्जेल पनि कुनै काम हुनसक्ने देखिँदैन ।   
 
नैतिकताको सम्मान गर्ने कुनै व्यक्तिले संविधानको मर्म र भावनामात्र होइन अक्षरसमेत मिचेर गरिएको नियुक्ति नै स्वीकार गर्ने थिएन । विवादास्पदरूपमा नियुक्त भएर पनि पदमा टाँसिइरहने व्यक्तिलाई समाजले पनि बहिष्कार गर्न सक्छ । 
 
‘झ्यालबाट’ छिरेर बसेको कुर्सी त्यागेर ढोकाबाट निस्के नै समाज र सन्तानका सामु शिर ठाडो गर्न सकिनेछ । यसैले सर्वोच्च अदालतको निर्णय नआउँदै तिनले राजीनामा दिए बेस हुनेछ । सत्तामा नैतिक वैधताको महत्ता स्थापित गर्ने मौका नगुमाऊँ !    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १२:५०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro