site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आयोजनाको म्याद थप, धरौटी फिर्ता र भुक्तानीकाे विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले महासंघले आयोजनाको म्याद थप, धरौटी फिर्ता एवं भुक्तानीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष रवि सिंहको टोली प्रधानमन्त्रीलाई बधाई दिँदै बजेटसँग सम्बन्धित म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाहरूको ६ महिना म्याद थप हुने व्यवस्था भएकोमा कोभिडको दोस्रो कहर, वर्षातकाे मौसम, सिजन अनुसार हुने कार्य र चाडबाडका कारण आयोजनाको म्याद १ वर्ष थप गर्न माग गरेको हो । कात्र्तिक महिनाको अन्त्यसम्म शुन्य समय (कन्स्ट्रक्सन होलिडे) मानेर तत्पश्चात् सम्पूर्ण ठेक्काहरूको हकमा सम्बन्धित सार्वजनिक निकायका अधिकारीले गरेको निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थपको नीतिगत निर्णय गर्न महासंघले माग गर्दै आएको छ ।

महासंघले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयनको माग गर्दै पूरक बजेट ल्याइएमा त्यसमा पनि निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिदिन आग्रह गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro