site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सल्यानमा २५ रुपैयाँ पर्ने टमाटर दाङ आइपुग्दा ५० !

दाङ । बाटैभरि टमाटर, काउलीलगायतका तरकारीहरू क्यारेटका क्यारेट थुपारिएका छन् । तर ती तरकारी भने स्थानीयले किन्न खोज्दा सहज रूपले पाउन मुस्किल छ । दाङ देउखुरीका एक जना स्थानीयलाई ‘सल्यानबाट आउँदा तरकारी ल्याउनु’ भनेर फोन आएको थियो । उनले सल्यानको श्रीनगरको बाटो वरपर थुप्रै तरकारीका क्यारेटहरू भेटे तर आफूले किन्न भने किन्न भने पाएनन् ।

अन्ततः उनी तुलसीपुरमा आएर तरकारी लिन बाध्य भए । उनीजस्तै तुलसीपुरका आकाश वली पनि सल्यानमा २५ रुपैयाँ प्रतिकिलो पर्ने टमाटर दाङमा ५० रुपैयाँ प्रतिकिलो हादेर किन्न बाध्य भए । उनीजस्तै यहाँका स्थानीयले भनेको समयमा तरकारी किन्न पाउँदैनन् । सल्यानको कपुरकोटलगायत विभिन्न स्थानमा तरकारी प्रशस्त उत्पादन हुने गर्छ । तर, ती तरकारी भने व्यवसायीहरूबाहेक फुटकरमा किन्न पाउने अवस्था छैन । गाडीका गाडी तरकारी अन्य जिल्लामा जाने गरेको छ ।

“सल्यानमा २५ रुपैयाँ पर्ने टमाटर दाङमा ५० मा किन्न बाध्य छौँ, सल्यानमा फुटकरमा तरकारी पाइएन,” स्थानीय टंकप्रसाद बिकले भने । तरकारी उत्पादन हुने क्षेत्रमा ठूला व्यवसायीहरू बोटमै पुगेर खरिद गर्ने र फुटकरमा आफूहरूले विक्री गर्न नमिल्ने स्थानीय कृषक बताउँछन् ।

“लकडाउन खुकुलो भएसँगै साना–ठूला गाडीहरू पनि सञ्चालनमा भएका छन् । भाडा उही हो तर २५ किलोमिटर परबाट वर ल्याउँदा तरकारीको भाउ ५० प्रतिशत बढी छ, यसतर्फ कसैको पनि ध्यान छैन,” एक उपभोक्ताले भने ।

त्यस्तै थोक व्यवसायीहरू भने ढुवानी र तरकारीहरू अन्य जिल्लामा पुर्‍याउँदा धेरै खर्च हुने भएकाले महँगो पर्ने बताउँछन् । “यहाँ खरिद गरेको तरकारी नेपालगञ्ज पुर्‍याउँदा धेरैजसो सडेर खेर जान्छ, त्यसमा पनि भाडा लाग्छ,” व्यवसायी अनिल गुप्ताले भने ।

यसैबीच पछिल्लोपटक तरकारीको भाउ महँगिएको छ । जसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । लकडाउनको मारसँगै सर्वसाधारणलाई महँगीले पनि ढाड सेकेको छ । 

तुलसीपुरकी बालिका खड्काले अब तरकारी किनेर खान पनि सोच्नुपर्ने बेला आउन थालेको बताइन् । उनले भेडेखुर्सानी प्रतिकिलो १२०, भान्टा ८०, त्यस्तै बोडी, टमाटरको फुटकर मूल्य पनि पछिल्लो समयमा छोइनसक्नु भएको बताइन् । 

“निषेधाज्ञा खुकुलो भएसँगै जनजीवन सहज भएपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगो भएको छ, गत सालभन्दा दोब्बर मूल्य वृद्धि भएको छ,”उनले भनिन् ।

यस्तै दैनिक थरिथरिका तरकारी पाक्ने भान्सामा महँगीसँगै सस्तो तरकारी खोजेर गुजारा चलाउनुपरेको गृहिणीहरू बताउँछन् । “तरकारीदेखि भान्सामा आवश्यक पर्ने नुन, तेल महँगो छ । कसरी दैनिकी चलाउने भन्ने समस्या छ,” गृहिणी चन्द्रीका वलीले भनिन् ।

त्यस्तै बजारमा दिन प्रतिदिन मूल्य वृद्धि हुँदा भान्सा महँगो हुने गरेको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसेकेको उपभोक्ताहरूको गुनासो छ । “सबै आफ्नो दुनो सोझाउनमा केन्द्रित छन् । सर्वसाधारण जनताको हितका लागि कसैले पनि पहल थालेको छैन,” एक जना उपभोक्ताले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro