site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिवारले बुझे सुजिताको शव 

चितवन ।  स्थानीय जंगलमा मृत अवस्थामा भेटिएकी राप्ती नगरपालिका वडा नम्बर ३ कि सुजिता भण्डारीको शव परिवारले बुझेका छन् । स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिए पनि आज शव बुझेका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले परिवारले आज शव बुझेको जानकारी दिए । 

शव परीक्षणको सबै प्रक्रिया भइसकेकोले बुझेको प्रहरीले जनाएको छ ।

“शव परीक्षण, भिसेरा र सबै प्रक्रिया पूरा गरेर ल्याबमा लगेपछि रिपोर्टको नतिजाबाहेक अरु बांँकी नहोला,” प्रहरी नायब उपरीक्षक अधिकारीले भने । 

स्थानीय राजु सेढाईले शव लिन गएको मात्र थाहा पाएको बताए । 

“हामीले हत्यारा सार्वजनिक नभएसम्म शव नबुझौँ भनेका थियौँ,” सेढाइँले भने, “उहांँकै परिवारकै दुईजना हिजो शब लिन जाने र देवघाटमा जलाइने भन्ने मात्र सुनेका हौं ।”

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भने पनि हालसम्म खासै केही उपलब्धि हासिल गर्न सकेको छैन ।  

गत असार ११ गते तरकारी लिन जान्छु भनेर घरबाट निस्किएकी सुजिता असार २० गते घर नजिकैको सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro