राजनीति
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । माधव नेपाल पक्ष अनुपस्थित भएको बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी भएका छैनन् ।
केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए । उक्त बैठकमा गौतमले गुण र दोषका आधारमा आफूले समर्थन वा विरोध गर्ने बताएका थिए ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बसिरहेको छ ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षबाट भने कोही पनि सहभागी भएको छैन ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८ १२:२६
प्रतिक्रिया दिनुहोस्