site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धर्मेन्द्र बास्तोला भन्छन्– हाम्रो छलफल तीनबुँदे सहमति कार्यान्वयनमा केन्द्रित छ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले आफूहरुले गरिरहेको राजनीतिक भेटवार्ता सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयमा केन्द्रित रहेको बताएका छन् ।

बाह्रखरीसँगको कुराकानीमा नेता बास्तोलाले केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनमै आफूहरुको जोड रहेको बताए ।

विप्लव र बास्तोलासहितको टोलीले बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आज नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए ।

उनले भने, “हाम्रो मुख्य कुराकानी पार्टीसँग भएको सम्झौता कार्यान्वयनमै केन्द्रित रह्यो । यसबाहेक समसामयिक राजनीतिक घटनाक्रममा पनि केही छलफल भए । अहिले पूर्वमाओवादी एकतालगायतका कुराकानी भएका छैनन् ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro