site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेको छ । नेपालको लोकतान्त्रिक विकासमा यस फैसलाको दूरगामी सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको मिलेमतोमा नेपालको संविधान, २०७२को अक्षर, भावना र लोकतान्त्रिक मूल्यमाथि निरन्तर प्रहार भइरहेको थियो । लोकतन्त्रकै उपहास गर्ने ओली शासनबाट नेपाली जनतालाई मुक्ति दिएर न्यायालयले आफ्नो नाम सार्थक बनाएको छ ।

लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भए पनि व्यक्ति लोकतन्त्रप्रति प्रतिबद्ध नभए अधिनायक हुन बेर लाग्ने रहेनछ । एक्काइसौं शताब्दीको दोस्रो दशकमा लोकतन्त्रले जरा गाडेको अमेरिकादेखि भर्खर लोकतन्त्र हुर्कन लागेको नेपालमा समेत यसका उदाहरण देखिएका छन् । 

KFC Island Ad
NIC Asia

अमेरिकी जनताले चुनावबाटै डोनाल्ड ट्रम्पजस्ता सनकी शासकलाई सत्ताबाट हटाए । चुनाव परिणाम स्वीकार गर्न तयार नभएका ट्रम्पको आह्वानमा उनका समर्थकले संसद् भवनमा हिंसात्मक आक्रमण गरे । अमेरिकी सुरक्षा प्रमुखहरूले एकै स्वरमा संविधानको रक्षाका पक्षमा उभिने भन्दै राष्ट्रपतिविरुद्ध सार्वजनिक वक्तव्य नै दिनुपरेको थियो । आशा गरौँ, नेपालमा त्यस्तो अवस्था आउनेछैन । 

ओलीले पनि कार्यकर्तालाई आफ्ना आलोचकविरुद्ध अरिङाल भएर  जाइलाग्न एउक्साएका थिए । सर्वोच्च अदालतको  सोमवारको फैसलाविरुद्ध उनका कार्यकर्तामा देखिएको आक्रोश र त्यसको उग्र प्रदर्शन त्यही दीक्षाको प्रतिफल हो । 

Royal Enfield Island Ad

संविधान र शासन व्यवस्थामा भित्रैबाट गरिएको प्रहारले लोकतन्त्रलाई नै खोक्रो बनाएको छ । संवैधानिक निकायमा संसदीय सुनुवाइ छलेर नियुक्ति गर्ने ओलीतन्त्रको अभ्यास यसैको ज्वलन्त उदाहरण हो । यसरी ‘लिक’बाट बाहिर निकालेर दुर्घटनाउन्मुख बनाइएको लोकतन्त्रलाई सही बाटामा स्थापित गरेर सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायाधीशहरूले ठूलो गुन लगाएका छन् ।
 
राष्ट्रपतिलाई संविधानभन्दा माथि देखाउने चेष्टा ओली र उनका समर्थकले पटकपटक गरे । राष्ट्रपति भण्डारी त्यस्ता असंवैधानिक तथा अलोकतान्त्रिक प्रयत्न रोक्नुको साटो त्यसैमा रमाइन् । यसले उनलाई नेपाली समाजमा निकै आलोचित बनाएको छ । सम्भवतः ओली पदच्युत भएपछि भण्डारीले पनि त्यसको मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा २०७७ साल पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले २०७७ फागुन ११ गते नै बदर गरेको थियो । त्यसपछिका घटनामा अदालतको आदेशको अवज्ञा नगरेको भए राष्ट्रपति भण्डारीमाथि प्रश्न उठ्ने थिएन । 

त्यसो त आफ्नो सिफारिस अदालतबाट ‘असंवैधानिक’ ठहर हुनेबित्तिकै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा गरेको भए लोकतान्त्रिक परम्परा बस्ने थियो । यद्यपि, ओलीबाट यस्तै अपेक्षा गर्नु नै मूर्खता हुन्थ्यो ।

सर्वोच्च अदालतको परमादेशले संविधानको रक्षाका साथै संविधानवादको संरक्षण गरेको छ । झट्ट हेर्दा न्यायिक सक्रियताको भान परे पनि यथार्थमा प्रतिनिधि सभा भङ्ग गरिएपछिका निर्णयहरूले सर्वोच्च अदालतले न्यायिक दृढता प्रदर्शन गरेको हो ।

यसबाट कार्यपालिकालगायत कसैले पनि संविधानका अक्षर र भावना मिच्न वा विधिको शासनको उपहास गर्न हिचकिचाउनु पर्ने सन्देश प्रवाहित भएको छ । लिकबाहिर पुगेको लोकतन्त्र सही बाटामा फर्काउन विगतमा ठूला आन्दोलन  र धेरै बलिदान गर्नुपरेको सम्झने हो भने न्यायमूर्तिहरूप्रति नेपाली समाज कृतज्ञ हुनै पर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १८:१४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro