site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सरकारी स्वामित्वको नेपाल नेपाल वायुसेवा निगम (नेवानि) लाई कम्पनीमा रूपान्तरण गर्ने तयारी सरकारले गरेको र निगममा क्रियाशील ट्रेड युनियनहरूले विरोध गरेको समाचार सार्वजनिक भएको छ । निगमको संरचना र कानुनी हैसियतमा परिवर्तन गर्दा ठूलो भ्रष्टाचार हुने सन्देह कर्मचारीका प्रतिनिधि संगठनका नेताहरूले गरेका छन् ।

निजी स्वामित्वका धेरै वायुसेवा कम्पनीले उल्लेख्य प्रगति गर्दा पनि निरन्तर ओरालो लागेको नेवानि ‘विफल व्यवस्थापन’को उदाहरण हो । यसैगरी, राजनीतिक नेतृत्व, व्यवस्थापन र कर्मचारीको समुच्चा कमजोरी र भ्रष्ट प्रवृत्तिको अध्ययनका लागि पनि नेवानिको इतिहास सही सामग्री हुनसक्ने देखिन्छ ।

KFC Island Ad
NIC Asia

नेवानिको संरचनामा नै परिवर्तन गरेर यसलाई ‘लिमिटेड’ कम्पनी बनाउन सरकारले कानुनी प्रक्रिया सुरु गर्न लागेको भन्दै कर्मचारी आन्दोलित भएका देखिन्छन् । नेवानीमा प्रस्तावित सुधारको भन्दा पनि कर्मचारीको विरोध सरकारको नियतप्रति लक्षित देखिएको छ । ट्रेड युनियनका प्रतिनिधिहरूका अनुसार सरकारसँग निकट निजी क्षेत्रको निश्चित व्यापारी घरानालाई पोस्ने नियतले निगमलाई लिमिटेड कम्पनी बनाउन लागिएको हो । 

ट्रेड युनियन वा कर्मचारीले निगकको भन्दा बढी आफ्नै व्यक्तिगत हित हेरेका हुनसक्छन् । नत्र, कर्मचारी संगठनहरूको बोलवाला बढी भएका नेवानिमात्र होइन अरू पनि सरकारी संस्थानहरू डुब्ने थिएनन् । यसैगरी व्यवस्थापनले निगमको हितमात्र हेर्छ भन्ने पनि नेपालका हकमा पत्याउने आधार देखिँदैन । नभए नेवानि व्यवस्थापनकै कारण डुबेको सरकारी प्रतिष्ठानको उदाहरण बन्ने थिएन । 

Royal Enfield Island Ad

नेवानि ऋणमा चुलुम्म डुबेको छ तर अझै पनि दायित्वभन्दा यसको सम्पत्ति कता हो कता धेरै छ । नेवानिमा भौतिक पूर्वाधार र दक्ष जनशक्ति पनि छ ।  कुशल व्यवस्थापकको नेतृत्व हुने हो भने  संगठन धेरै नखलबल्याए पनि उठाउन सकिने उदाहरण नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले देखाएका छन् । यसैले मूल समस्या नेवानिको संरचनाभन्दा पनि इमान र कौशल भएको व्यवस्थापनको अभाव हो भन्ने स्पष्ट हुन्छ ।

यथास्थतिमा नेवानि धेरै दिन चल्न सक्तैन भन्नेमा भने सबै पक्ष सहमत देखिन्छन् । यसैले सरकारले बजेट वक्तव्यमार्फत नीति संस्थानको संरचना बदल्ने घोषणा गर्ने र व्यवस्थापनले सरोकारवालासँग सल्लाह नगरी निर्णय गर्न गराउन खोज्ने कार्यशैलीमा मूल समस्या देखिन्छ । अहिलेकै विवाद र असन्तोषले नेवानिको साख थप नगिरोस् भन्नेमा सबै पक्ष सजग हुनुपर्छ ।

अर्थ वा पर्यटन मन्त्रालयका हाकिमहरूले आफूलाई सार्वजनिक संस्थानहरूको मालिक ठान्ने र निर्णय थोपर्न खोज्ने प्रवृत्ति नेवानिका कर्मचारीको असन्तुष्टिको पनि जरामा रहेको देखिन्छ । यसैले अहिलेको सङ्क्रमणका अवस्थामा विवादास्पद निर्णय गर्न वा गराउनतर्फ नलागी व्यवस्थापन सुधारमा ध्यान केन्द्रित गर्नु उचित हुनेछ । 

सुधारको खाँचो त छ तर नेपाल ट्रस्टको सम्पत्तिदेखि महामारीको विपत्तिमा समेत सत्तारूढ दल निकटमा व्यवसायी पोस्ने सरकारी प्रवृत्तिले नेवानिका कर्मचारीका साथै जनसाधारण पनि झस्केको हुनुपर्छ । मन्त्रालयका उच्च अधिकारीले कुनै न कुनै दिन अहिले गरिएको  ‘चाकरी’को महँगो मूल्य चुक्ता गर्नुपर्ने हुनसक्छ भन्ने पनि सम्झनामा राखे बेस हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १२:१८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro