site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

असार लाग्नेबित्तिकै सबै तहका सरकारका पदाधिकारीलाई ‘विकासको जरो’ फुट्छ । राज्यको ढुकुटी तैनाथ गर्ने कर्मचारीलाई पैसो सक्न धपेडी हुन्छ । काम नसके पनि दाम भुक्तानी दिनेगरी निकासा दिइन्छ । मिति र कहिले कहीँ त अङ्कसमेत खाली राखेरै भए पनि चेक काटिन्छ ।

विकासप्रति कस्तो व्यग्रता ! लाग्छ, सरकारका राजनीतिक नेतृत्व र कर्मचारीलाई यस्तै जाँगर वर्षैभर लागे देश ‘स्वर्गै’ बन्न बेर लाग्ने थिएन । विडम्बना, यो व्यग्रता विकासका नाममा भए पनि विकासका लागि भने होइन । यो अहिलेमात्र सुरु भएको पनि होइन । 

‘असारे विकास’ कहलिने यो विकृत अभ्यास नेपालको सबै तहका सरकारमा व्याप्त छ । सबै पार्टीका सरकारमा यस्तो अभ्यास हुँदैआएको छ । असारमा आर्थिक वर्ष सकिने हुनाले विकास निर्माणका लागि विनियोजित बजेट खर्च गरिसक्नु पर्ने नियमले मात्र यस्तो विकृत अभ्यास बढेको भने होइन । 

KFC Island Ad
NIC Asia

सिन्धुली जिल्लाको दुधौली नगरपालिका - १० बाट वडानम्बर १३ सम्म जाने एउटा सडक कालोपत्रे गरेको महिना दिन पनि नपुग्दै भत्केर विवर्ण भएको तस्बिर सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्याप्त छ । असार मसन्तभित्र पैसा लिनेदिने गरिसक्न गरिएको चटारो र भ्रष्टाचारको प्रतिनिधि उदाहरण हो यो ।

यो वर्ष असार लाग्नेबित्तिकै मनसुन पनि आयो । मनसुनले सहज स्वाभाविकभन्दा बढी नै रौद्ररूप देखायो । बाढी पहिरोसमेतका कारण ठूला साना अनगिन्ती भौतिक संरचना ध्वस्त बनायो । यसमा खलबलिएको प्रकृतिको पनि केही दोष त होला तर नेपालका हकमा असारे विकासको विकृति बढी दोषी देखिन्छ ।

Royal Enfield Island Ad

गण्डकी प्रदेशका मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णतासमेत दिनसकेका छैनन् तर असारे विकासका योजनामा करोडौं रुपियाँ रकमान्तर गरेर निकासा दिलाउने निर्णय गरेको समाचार आइसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले त आआफ्ना कृपापात्रलाई प्रदेशको ढुकुटीबाट अनुदानका नाममा पोस्ने बजेटमै लेखेर असारे विकासमै पनि ‘कीर्तिमान’ कायम गरेछ ।

लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाको एउटा गाउँपालिका अध्यक्षले आफ्नै पत्नीका नाममा कम्पनी दर्ता गरेर अनुदान लिन गरेको निर्णय केही वर्ष पहिले प्रतिनिधि घटनाका रूपमा चर्चामा आएको थियो । बाढीले बगाएको वा भत्काएको भनिएका अधिकांश संरचना मूलतः निर्माणमा भएको लापरबाही र भ्रष्टाचारका कारण भत्केका हुन् ।

असारमा अरू महिनाका तुलनामा बढी खर्च हुनु अस्वाभाविक होइन । आर्थिक वर्ष तथा  विकास योजना निर्माणका सम्बन्धमा पारदर्शी र व्यावहारिक अभ्यासविना यसलाई रोक्न पनि सकिँदैन । तर, पहिले गर्न सकिने कामका लागि समेत असारै कुर्ने र असार लागेपछि नियम मिचेर पनि निकासा लिनेदिने अभ्यास भने भ्रष्टाचारकै अर्को रूप हो ।

भ्रष्टाचार रोक्न चाहने हो भने अपारदर्शीरूपमा कार्यकर्ता पोस्ने असारे विकासका लागि गरिने निकासा र खर्च बन्द गर्नुपर्छ । जबर्जस्ती पैसा सकेर भ्रष्टाचार बढाउनुभन्दा विकास योजनाको रकम सबै नै कुनै कोषमा जम्मा गरेर अर्को वर्षका लागि सञ्चित गर्न सकिन्छ । नियत सफा भए त वर्षैभर विकासको उत्सव मनाउनु पर्थ्यो नि !
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १४:२०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro