site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीतलनिवास र बालुवाटारको दबाबमा पक्राउ परिन् ज्वाला संग्रौला ! विवरण सत्य तर प्रक्रिया किर्ते
फाइल तस्बिर ।

काठमाडौं । सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिका कारण चर्चामा आइरहने ज्वाला अर्थात् टीका संग्रौला यही असार ६ गते पक्राउ परिन् । सत्तारुढ दल नेकपा (एमाले) निकट नेत्री खुश्बु घिमिरेसँग भएको विवादपछि परेको उजुरीका आधारमा प्रहरीले उनीसहित तीनजनालाई पक्राउ गर्‍यो ।

उनीसँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेका हुन् । सुरुमा उनीविरुद्ध अभद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गर्‍यो । खुश्बु र ज्वाला अर्थात् टीका कुनै समयका साथी हुन् ।

प्रहरीका अनुसार ज्वाला विदेश जानुअघि खुश्बुकै घरमा डेरामा बसेकी थिइन् । तर, पछिल्लो समय सामाजिक सञ्जालमा एकार्काविरुद्ध उनीहरुले लेखेका विषयमा विवाद भएको थियो । विवादकै बीच उनीहरु महानगरीय प्रहरी वृत्त गौशाला पुगेका थिए । सोही क्रममा दुवै पक्षबीच प्रहरी कार्यालय परिसरमै हात हालाहाल भयो ।

त्यसपछि खुश्बुले उनीविरुद्ध जाहेरी दिइन् । ज्वालालाई प्रहरीले पक्राउ गर्‍यो । सुरुमा उनीविरुद्ध अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरियो ।

यही बीचमा ज्वालाले महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई रंगभेदी टिप्पणी गरेको एक भिडियो सार्वजनिक भयो । सो भिडियो सार्वजनिक भएपछि त्यसबारे चर्चा परिचर्चा सुरु भयो ।

तर, ज्वाला त्यही आधारमा मात्रै पक्राउ परेकी थिइनन् । प्रहरी अधिकारीहरु भन्छन्, “ज्वालालाई पक्राउ गर्न राष्ट्रपति कार्यालय र बालुवाटारबाट प्रहरीलाई दबाब आयो । खुश्बुसँगको झगडा त्यति ठूलो थिएन । तर, माथिबाटै दबाब आएपछि पक्राउ गर्नुपर्‍यो ।”

उनी पक्राउ परेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा आफूमाथि रंगभेदी टिप्पणी गरेको भन्दै प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाले पनि उजुरी दिए । कुटपिटसँगै ज्वालामाथि रंगभेदी टिप्पणीको पनि अनुसन्धान सुरु भयो । दोस्रोपटक उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप भयो ।

रंगभेदी टिप्प्णी गरेपछि मधेसी आयोगले पनि घटनामा चासो दियो । तर, उजुरी दिएन । एक उच्च प्रहरी अधिकारीका अनुसार सामान्य विषयलाई बढाउन नहुने भन्दै मधेसी आयोगले कानुनी प्रक्रियाका लागि पहल गरेन ।

अनुसन्धानका लागि प्रहरी हिरासतमै रहेका बेला ज्वालाले सरकारी कागजपत्र किर्ते गरेको सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले अनुसन्धान गर्दा उनले जन्मदर्ता र विवाहदर्ताको कागजमा सरकारी छाप किर्ते गरेको भेटिएको छ ।

उनले पाँचथरबाट नागरिकता लिएकी छन् । नागरिकताको विवरण भने सही भएको प्रहरी अधिकारी बताउँछन् ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “ज्वालाका विवरण सही छन् । तर, प्रक्रिया र कागजमा किर्ते देखिन्छ । उनले गाउँपालिका स्थापना भइसकेपछि लिएका केही कागजमा गाविस लेखिएको छ । त्यही गलत हो । त्यहाँ सरकारी छाप र हस्ताक्षर किर्ते भयो ।”

किर्ते प्रकरणपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद लिएको छ । उनीविरुद्ध पछिल्लो समय थपिएको म्याद शुक्रबार सकिँदै छ ।

प्रहरीका अनुसार संग्रौलाको जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्धविच्छेदको कागजमा किर्ते गरेको पाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro