site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

राज्यले जिम्मा दिएको व्यक्तिले नै संस्था सिध्याउन खोजेपछि जोगाउन निकै कठिन हुन्छ । प्रदेश नम्बर १ को सबैभन्दा ठूलो र महत्त्वपूर्ण स्वास्थ्य संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले त्यहीँका पदाधिकारीका कारण ध्वस्त हुने जोखिममा परेको छ । 
 
प्रतिष्ठानभित्रका सरोकारवालाका साथै सर्वसाधारण जनतासमेत चिन्तित र आन्दोलित भएका छन् । दुर्भाग्य, सरकार र प्रतिष्ठानका पदाधिकारीले भने संस्था डुबाउनै कम्मर कसेजस्तै गरी तमासा हेरेर बसेको देखिएको छ ।
 
प्रतिष्ठानमा लामो समयदेखि आन्दोलन भइरहे पनि सार्थक वार्ता गरी समस्या समाधानको अग्रसरता देखाइएको छैन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति धरानमा नभएका कारण वार्ता पनि राम्ररी हुनसकेको थिएन । 
 
अन्ततः मंगलवार उपकुलपतिको उपस्थितिमा वार्ता गर्न आन्दोलनकारीलाई बोलाइयो । आन्दोलनकारीहरूका अनुसार उपकुलपति भने मदिराको नशामा लठ्ठिएका थिए । वार्ताका लागि उपस्थित उपकुलपति नशामा लठ्ठिएको देखेपछि आन्दोलनकारी आक्रोशित भएर केही समय उनलाई वार्तास्थलमै थुनिदिए ।
 
उपकुलपतिसहित प्रतिष्ठानका पदाधिकारीलाई थुन्नुलाई पक्कै पनि उचित कार्य भन्न मिल्दैन । तर, यति लामो समयसम्म विद्यार्थी, कर्मचारी र चिकित्सकहरू सबै आन्दोलित हुँदा पनि वार्ताका लागि गम्भीर नहुने पदाधिकारीहरूले सम्मानजनक व्यवहारको अपेक्षा पनि त कसरी गर्न सक्छन् र ?
 
अहिलेका उपकुलपतिको नियुक्ति नै विवादास्पद थियो । विराटनगरका एउटा निजी मेडिकल कलेजका सञ्चालकलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को उपकुलपति बनाइँदा स्वार्थको द्वन्द्वले संस्थाको अहित गर्नसक्ने अनुमान उतिबेलै गरिएको थियो । नभन्दै उनी उपकुलपति भए यता प्रतिष्ठान निरन्तर ओरालो लागेको छ ।
 
यथार्थमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुनै बेला देशकै अब्बल संस्था मानिन्थ्यो । भारतको सहयोगमा नेपालका लोकतान्त्रिक आन्दोलनका पर्याय मानिएका बीपी कोइरालाको नाममा खुलेको यो संस्थालाई दक्षिण एसियामै उत्कृष्ठमध्येको मानिन्थ्यो ।
भारतले नेपाललाई सुम्पेकै दिनदेखि यसको व्यवस्थापन खस्कन थालेको भए पनि अहिले जति अव्यवस्था र अराजकता पहिले कहिल्यै भएको थिएन । यसैले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई अहिले अवस्थामा पुर्‍याएको धेरै दोष नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओलीको मन्त्रिपरिषद्लाई नै जान्छ ।
 
प्रतिष्ठानको जिम्मेवार पदाधिकारीकै कारण समस्या सुरु भएपछि त्यहाँको उपचारदेखि शिक्षणसम्म सबै क्रियाकलापमा नकारात्मक असर पर्नु स्वाभाविकै हो । यसबाट प्रत्यक्ष असर पर्नेहरू समस्या समाधानका लागि आन्दोलित हुनु र पदाधिकारीकाे बर्खासीकाे माग गर्नु पनि उत्तिकै उचित र स्वाभाविक हो । 
 
उपकुलपतिलगायत अहिलेका पदाधिकारी इमानदार र प्रतिष्ठानप्रति निष्ठावान् नहुँदा समस्या उत्पन्न भएकाले उनीहरूकै पहलमा समाधान हुने सम्भावना देखिँदैन । यथार्थमा पौराणिक कथाको राक्षस ‘भस्मासुर’कै शैली र प्रवृत्ति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले देखाएका छन् ।
 
‘भस्मासुर’का नयाँ अवतारबाट प्रतिष्ठान जोगाउन सम्बन्धित निकायबाट तत्काल हस्तक्षेप जरुरी देखिन्छ ।  व्यवस्थापन पारदर्शी र इमानदार हुने विश्वास सरोकारवालामा जगाउन सके समस्या समाधान अपेक्षाकृत सहज हुनेछ । यस्तै प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउने वातावरण बने पनि असन्तुष्टि साम्य बनाउन मद्दत पुग्नेछ । 
 
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जोगाउनु ओली सरकारको प्राथमिकतामा नपर्नु अस्वाभाविक होइन तर प्रदेश सरकार र धरान उपमहानगरपालिका पनि तमासेमा सीमित हुनु भने आश्चर्यको विषय हो । यो प्रतिष्ठान ध्वस्त भयो भने ओली सरकारलाई मात्र हैन  प्रदेश नम्बर - १ र धरान उपमहानगरपालिकाको नेतृत्वलाई पनि सन्तानले सधैँ सराप्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १४:५२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro