site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एसयूभी स्कोडा कुशाकको बुकिङ सुरु, मूल्य ६५ लाखसम्म पर्ने
SkywellSkywell

काठमाडौं । स्कोडाको एसयूभी कुशाकको बुकिङ खुला गरिएको छ । कुशाकको भारतमा मूल्य सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको हो ।

कम्पनीका अनुसार नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गरिनेछ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयूभी हो । जसका कारण यसको मूल्य प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्टअन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयूभी हो । नेपालमा १.० लिटरको टीएसआई पेट्रोल इन्जिन भएका कुशाक भित्र्नेछन् । टीएसआई इन्जिन बहुप्रतीक्षित इन्टरनेसनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन हो ।

एसअवाडलाई अटोमोबाइल क्षेत्रका ओस्कारजस्तै मानिन्छ । यो इन्जिनले ११५ बीएचपीपावर र १७८ एनएम टर्क उत्पन्न गर्छ, जुन बेस्ट इनक्लास हो । टीएसआई इन्जिनम्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ ।

नयाँ कुशाक तीन ट्रिम– एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनिओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुने जनाइएको छ ।

भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारुसम्म मूल्य राखिएको नयाँ कुशाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान कम्पनीको छ । कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro