site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुनर्कर्जा कार्यविधि संशोधन, अक्सिजन प्लान्ट स्थापना गर्न ३ प्रतिशत ब्याजदरमै कर्जा
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ मा संशोधन गरेको छ ।

केन्द्रीय बैंकले कार्यविधिलाई दोस्रोपटक संशोधन गर्दै स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न विशेष पुनर्कर्जा दिन सक्ने व्यवस्था गरेको छ । यस्तै, १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाले पनि पुनर्कर्जा सुविधा पाउनेछन् ।

Dabur Nepal
NIC Asia

राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिअनुसार विशेष पुनर्कर्जा १ प्रतिशतमा बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएर बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्नेछ । अब लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई पुनर्कर्जा पाउनेछन् ।

यस्तै, निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्मको लागि पुनर्कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।

केन्द्रीय बैंकले ग्राहक ऋणअनुसारको पुनर्कर्जाको लागि अधिकतम २० करोडको लिमिट तोकेको भए पनि स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न उक्त व्यवस्थाले बाधा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

“ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन,” संशोधित पुनर्कर्जा  कार्यविधिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu