site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजार : ट्रेन्ड परिवर्तनको संकेत कि करेक्सनको ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो एक साता यता सेयर बजारमा उच्च उतारचढाव देखिएको छ । गत सोमबार ३०२५.८३ अङ्कको ऐतिहासिक उचाइमा पुगेर बन्द भएको बजार परिसूचक नेप्सेमा त्यसयता लगातार उच्च उताचढाव देखियो । गत साताको सोमबार पछि लगातार ५ कारोबार दिनमा १९० अङ्कभन्दा माथिको गिरावट आएको बजारमा मंगलबार भने एकाएक ८९ अङ्कको ‘बाउन्स ब्याक’ भयो । 

बजारमा देखिएको उक्त ‘बाउन्स ब्याक’ले निरन्तरता पाउन त परै जाओस् स्थिरतासमेत कायम गर्न सकेन । ८९ अङ्कको बाउन्स ब्याकलगत्तै बुधबार नेप्से  ५३.८८ अङ्कले ओर्लिएर २८५९.९६ अङ्कमा बन्द भएको छ । 

बुधबार बजार परिसूचकमात्रै नभएर कारोबार रकम पनि घटेको छ । जेठ ३० गते १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको बजारमा बुधबार भने वैशाख ३० गते यताकै न्यून भएको छ । मंगलबार पनि १० अर्ब माथिको कारोबार भएपनि बुधबार १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ८ अर्ब  ३६ करोड २६ लाख ७२ हजारमा कारोबार भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

एकातिर आर्थिक वर्षको अन्त्य नजिकिएको अवस्था छ भने कोभिडको दोस्रो लहर नियन्त्रणका लागि गरिएको निषेधाज्ञा खुल्दै गएपछि अब रोकिएको आर्थिक गतिविधि चलायमान हुुने र व्यापार व्यवसाय लयमा फर्कने अपेक्षामा उद्योग व्यवसायी छन् । 

आर्थिक वर्ष सकिनै लागेको अवस्थाका करिब २ महिनायताको निषेधाज्ञाले  व्यापार व्यवसाय गर्न नपाएका उद्योगी व्यापारीले बैंकको ब्याज र राजस्व बुझाउनकै लागि भएपनि बजारका नाफा बुक गरेर बाहिरिने अवस्था छ । अर्काेतर्फ सेयर ट्रेडिङमा रोक लगाएसँगै बैंक तथा वित्तीय संस्था पनि सेयर बजारमा गरेको लगानी क्रमशः झिक्नुपर्ने अवस्थामा छन् । 

Global Ime bank

त्यस्तै बिमा तथा सामूहिक लगानी कोष जस्ता संस्थागत लगानीकर्ताले पनि असार मसान्तमा नाफा बुक गरेर लगानीकर्तालाई प्रतिफल बाँड्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सेयर बजारबाट अब क्रमशः लगानी बाहिरिने समय नजिक आउँदै गरेको अवस्थामा नेपाल धितोपत्र बोर्डले गत साता नामै तोकेर ५१ कम्पनीमा गरेको लगानी जोखिमयुक्त भएको भनेपछि अहिले सेयर बजारमा डाउन ट्रेन्ड सुरु भएको जानकार बताउँछन् । 

सेयर विश्लेषक प्रकाश तिवारी अहिले नै अब बजार कुन दिशामा जान्छ भनेर भन्न हतार हुने बताउँछन् । लगानीकर्ताहरू ‘बुलिस ट्रेन्ड’ मा बजार बढ्छ र बजारलाई केही प्रभाव पर्दैन भन्ने भ्रममा रहेको उनी बताउँछन् । “एक वर्षसम्म अन्य आर्थिक गतिविधि नभर सेयर बजार बढेको हो । सूचीकृत कम्पनीको ‘पर्फमेन्स’  अत्याधिक राम्रो भएको भएर बढेको बजार हैन,” उनले भने, “कोभिडले अन्यत्र लगानीको अवसर नभएको, त्यही बेलामा सेयर बजारमा बियरिस ट्रेन्ड सकिएर  बुलिस ट्रेनड सुरु भएको, अनलाइनले गर्दा सबैले घरैमा बसेर सेयर किन्न पाउने हुँदा बजारमा लगानीकर्ताको सहभागिता बढेर बढेको बजार हो ।” 

सेयर बजारमा बुल देखिनुको कारण अनलाइन कारोबार पनि भएको तिवारीको विश्लेषण छ । “अनलाइन नहुँदा ब्रोकरमा अर्डर हाल्न २ जना कर्मचारी हुन्थे । अहिले टीएमएसबाट एकैपटक लाखौ लगानीकर्ताले अर्डर राख्न सक्छन्,” उनले भने, “अनलाइन कारोबारले नयाँ लगानीकर्ताको बजार प्रवेशले अहिलेको ठाउँमा बजार हो ।”

११०० बाट बढेको नेप्से ३००० पुगेको थियो । झण्डै २०० प्रतिशतले बढेको बजारमा ४००/५०० अङ्कको करेक्सन हुँदैमा कोलाहल मच्चाउनुपर्ने अवस्था नभएको उनले बताए । “पहिले बैंकलाई सेयर बजारमा लगानी नगर भन्यो, दोस्रो पुँजीगत लाभकर साढे ७ प्रतिशत बनायो, बिमा समितिले पनि बिमा कम्पनीलाइं अन्धाधुन्ध लगानी नगर भन्यो, १२० दिनेको औसत मूल्यको आधार दिने सेयर धितो कर्जा अब १८० दिनेको औसत मूल्यका आधार पाइने भयो । यी सबै कुराले बजारमा नकारात्मक प्रभाव पर्नुपर्ने हो” तिवारी भन्छन्, “त्यो बेलामा यसलाई वास्तै नगरी हल्ला गरेर अगाडि बढ्यो । त्यसको प्रभाव कुनै न कुनै समयमा त पर्ने नै थियो । बियरिसमा भएको भए तुरुन्तै पर्थ्याे, बुलमा भएर तत्काल प्रभाव परेन ।”

उनले अहिले ट्रेन्ड परिवर्तन नै भयो भन्ने अवस्था भने नरहेको बताए । ट्रेन्ड परिवर्तनका लागि दुई वटा फ्क्याटर हुनुपर्ने तिवारी बताउछन् । “हाम्रोमा करिब ३ वर्ष बुलिस ट्रेन्ड रहेको अवस्था छ । अर्को  इन्डेक्स  १८८१ बाट करिब ८० प्रतिशत घटेको थियो । त्यो अनुसार बढाइ करिब पुगेको अवस्था हो । तर समय हेर्ने हो भने अझै १ वर्ष बाँकी छ,” उनले भने, “यो एक वर्षमा ठूलो उतारचढाव हुनसक्ने सम्भावना छ ।” 

त्यसैले अहिले नै ट्रेन्ड परिवर्तन भन्न पनि हतार हुने र करेक्सन पनि कुन लेभलको हुन्छ भन्न नसकिने उनले बताए । संसद् विघटन सम्बन्धी सर्वोच्चको फैसला, मौद्रिक नीति, राजनीतिक अन्यौलता र कोभिड लगायत फ्याक्टरले मात्रै बजारको दिशा कता जानसक्छ भन्ने देखिने उनी बताउँछन् । 

अहिले बजारमा सिजनल लगानीकर्ता रहेको र कोभिड नियन्त्रण भएर आर्थिक गतिविधि सक्रिय हुँदा बजारमा कति लगानीकर्ता सक्रिय रहन्छन । नयाँ लगानीकर्ता कति बजारमा टिक्केर बस्छन् भन्ने कुराले पनि अब बजारलाई निर्धारण गर्ने उनको तर्क छ । अब सिजनल लगानीकर्ताले ब्याज तिर्ने, कर तिर्ने बेला हुँदा लगानी झिक्ने बेला भएको उनले बताए ।  

यता, सेयर विश्लेषक रुकमांगत काफ्ले बजारको ट्रेन्ड परिवर्तन हुने बेलामा बजारमा यस प्रकारको ठुलो उताचढाव देखिने बताउँछन् । “अहिले मार्केट बुलिस ट्रेन्डमा रहेको छ । यस्तो बेलामा मार्केटले ट्रेन्ड परिवर्तन गर्न खोज्दा यस प्रकारको उताचढाव आउने गदर्छ,” काफ्ले भन्छन्, “बजारले आफ्नो ट्रेन्ड परिवर्तन गर्ने खोज्दा लगानीकर्ता पनि कन्फ्युजनमा हुन्छन् । यो नाफा बुक गर्ने बेला हो अथवा खरिद गर्ने अवसर हो कि के गर्ने भन्ने द्विविधा लगानीकर्तामा देखिन्छ । लगानीकर्ताको मनोविज्ञान छिटो छिटो परिवर्तन भइरहेको हुन्छ ।”

असार मसान्त नजिकिदै गर्दा व्यापारीले ब्याजदर तिर्न र कर तिर्ने समय भएको तथा संस्थागत लगानीकर्ताले पनि नाफा बुक गर्ने समय भएकोले त्यसले पनि अब सेलिङ  प्रेसेर बढाउँदा बजारमा करेक्सन आउने उनको तर्क छ । आगामी मौद्रिक नीतिले पनि बजार प्रभावित हुने केही निर्णय गर्नेसक्ने चर्चा लगायतले पनि बजार करेक्सन हुनसक्ने उनले बताए ।

“बजारले ट्रेन्ड परिवर्तन नै गर्छ त नभनौ तर बजारमा राम्रै करेक्सन आउने  आकलन गर्न सकिन्छ । अब बजार करेक्सन हुँदा खरिद गर्ने राम्रो अवसर हुनसक्छ,” उनले भने ।

यता सेयर लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरम सभापति अम्बिका पौडेल भने यसलाई ट्रेन्ड परिवर्तन भन्दा पनि सामान्य करेक्सनको रूपमा बुझ्नुपर्ने बताउँछन् । 

पछिल्लो केहीदिन यताको बजारलाई निभ्ने बेलाको बत्तीसँग तुलना गर्दै उनले मंगलबार देखिएको बाउन्स ब्याक घट्ने बेलोको बजारमा देखिएको बाउन्स भएको बताए । 

“केही बाह्य फ्याक्टर पनि त्यति सहज भएको छैन । अस्थिर राजनीतिक अवस्था छ, त्यसको केही प्रभाव बजारमा पर्छ नै,” उनले भने, “अहिले बजारले ट्रेन्ड परिवर्तन गर्ने अवस्थाभन्दा पनि सामान्य करेक्सन हो भन्ने मात्रै  बुझ्नुपर्छ ।”

संस्थागत लगानीकर्ताको कमीको प्रभाव बजारमा देखिएको उनले बताए । “जब बजारमा बुलिस ट्रेन्डमा जान्छन् आम लगानीकर्ता धेरै नै उत्साहित हुन्छन् । बजार बियरिस हुन लागेपछि उनीहरूमा यसको प्रभाव परिहाल्छ । जुन संस्थागत लगानीकर्ताको अभावले हो,” उनले भने ।

घटेको बजारमा आम लगानीकर्ताले जोखिम लिन धेरै नै डराउने पौडेले बताउँछन् । उनीहरूमा बजार ‘बाउन्स ब्याक’ हुन्छ भन्ने मनोविज्ञान नै देखिदैन जसको प्रभाव अहिलेको बजारमा देखिएको र कारोबार रकम पनि घटेको उनले बताए । 

सेयर बजारका विज्ञ डा. गोपाल भट्ट फन्डामेन्टलले सर्पोट नगरेको बजार भएककाले विश्लेषण गर्ने अवस्था नै नभएको बताउँछन् । बजारमा अहिले लगानीकर्ताको एक झुण्ड कुनै बिन्दुमा पुर्‍याउनुपर्छ भनेर कमिटमेन्ट भएर लागेको र अर्को झुन्ड करेक्सन हुनुपर्छ भन्ने अवस्था रहेको भन्दै उनी ती दुई झुण्डबिचको लडाइ भएको बताउँछन् । “बजारमा ठूलो लगानी रहेको छ । बजार फन्डामेन्टल र बजारको नियमले चलको छैन । यो जुवाघर जस्तै बन्दै छ । न त इकोनोमिक फन्डामेटलले नै सपोर्ट गरेको अवस्था छ,” उनले बाह्रखरीसँग भने, “बजार बबल बनेकाले जुनसुकै बेला ब्रस्ट हुनसक्छ । कुनै घर बलियो बन्न जग पनि बलियो हुनुपर्छ अनि मात्रै राम्रो हुन्छ, सेयर बजार पनि त्यही हो । फन्डामेन्टल राम्रो नभएको बजार जुनसुकै बेला दुर्घटना हुनसक्छ ।”

अहिले सेयर बजारमा फन्डामेन्टले सपोर्ट गर्नेगरी बलियो करेक्सन आवश्यक भएको उनले बताए । “के अहिलेको सेयर मूल्यलाई कम्पनीको फन्डामेन्टलले सपोर्ट गर्छ ?” उनले प्रश्न गरे । अहिले सेयर बजार बढेको नभई सुनिएको उनको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement