site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद्ले तोकेभन्दा फरक आयो अन्तर्राष्ट्रिय उडान तालिका, ‘श्रम गन्तव्य मुलुकमै कम उडान’
सांकेतिक तुस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गत सोमबारको मन्त्रिपरिषद् बैंठकले श्रम गन्तव्य मुलुकहरूलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि श्रम गन्तव्य मुलुकहरूलाई लक्षित गरी उडान खुला गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सोही निर्णय अनुसार बुधबार मन्त्रालयले आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दियो । मन्त्रालयले आगामी असार १७ गतेदेखि आन्तरिक एवम् मन्त्रालयले तोकेको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न भनेको छ । तर, बुधबार अन्तर्राष्ट्रियतर्फको उडान संख्या तोक्दा श्रम गन्तव्य मुलुकलाई ध्यान नदिएको गुनासो प्राधिकरणका अधिकारीहरूले नै गरेका छन् ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्रालयले जुन २४ देखि ३० जुनसम्मको उडान तालिका नै प्राधिकरणलाई पठाएको छ । जस अनुसार दोहाका लागि ७ उडान संख्या तोकिएको छ । त्यसमा ३ वटा नेपाल वायुसेवा निगम र ४ वटा कतार एयरवेजका लागि तोकिएको छ ।

यस्तै दुबईका लागि तीन वटा उडान तोकिएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र फ्लाइ दुबईका लागि एक–एक उडान तोकिएको छ ।

Royal Enfield Island Ad

टर्कीको इस्तानबुलका लागि ३ वटा उडान दिइएको छ भने दमाम २, कुवेत २, मलेसियाको क्वालालम्पुर एक र आवुधाबी एक उडान तोकिएको छ ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरूमा कतार, यूएई, मलेसिया, साउदी अरेबिया, कुवेत, बहराइन हुन् । मन्त्रिपरिषद्ले श्रम गन्तव्य मुलुकलाई लक्षित गरी उडान खोलेको भएपनि उडान तालिका अनुसार श्रम गन्तव्यलाई केन्द्रमा नराखिएको प्राधिकरणका एक अधिकारीले बताए । “हाम्रा श्रमिकहरू कति समस्यामा परेका छन् । तर श्रम गन्तव्य मुलुकका लागि उडान सख्ंया कम तोकियो,” उनले भने ।  

मन्त्रिपरिषदले काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने गरी अनुमति दिएको थियो । मलेसियामा साताको चार, काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा सातामा चार, काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कट, दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro