site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दक्षिणकालीमा मृत भेटिएकी सन्तोषी, जसले गलाबाट थरीथरीको आवाज निकाल्थिन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिला सन्तोसी सुब्बा भएको खुलेको छ । प्रहरी अनुसन्धानमा उनको पहिचान खुलेको हो । मंगलबार (हिजो) उनको शव फेला परेको थियो ।

प्रहरीका अनुसार कालोपुलमा बस्दै आएका धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर आफूसँगै राखेका थिए । तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तर, घटनामा उनको संलग्नता भने नदेखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी धनबहादुरसँग १५/१६ वर्षदेखि बस्दै आएको देखिएको छ । प्रहरीका अनुसार उनी तीन दिनदेखि सम्पर्कमा थिइनन् । उनले धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएको महानगरीय अपराध महाशाखाका एक अधिकृतले बाह्रखरीलाई बताए । सन्तोषीको घाँटीमा सलले कसिएको र अनुहार चिन्न नसक्ने गरी किचिएको थियो ।

घटनास्थलमा एउटा बट्टामा एउटा गंगटो समेत फेला परेको छ । मास्क र चप्पल पनि प्रहरीले बरामद गरेको छ ।

Global Ime bank

अवैध सम्बन्धले हुनसक्छ हत्या
प्रहरी अधिकारीका अनुसार उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । उनको पेट बढेको देखिन्छ । प्रहरी अधिकारीहरुले उनी गर्भवती भएको हुन सक्ने पनि आशंका गरेका छन् । अवैध सम्बन्ध खुल्ने डरले पनि उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “शौचालयबाहिर झगडा भएको जस्तो देखिन्छ । केही शंकास्पदहरुको पहिचान भएको छ । हामी अनुसन्धानमा जुटेका छौँ । अभियुक्तले पहिचान नहोस् भनेर क्रुर ढंगले मुख किचेको पाइएको छ ।”

गलाबाट थरीथरीका आवाज निकाल्थिन् सन्तोषी
प्रहरीका अनुसार सन्तोषीले आफ्नो गलाबाट थरीथरीका आवाज निकाल्ने गर्थिन् । उनका केही भिडियो समेत युट्युबमा छन् । उनले कोइली, काग, कुखुरा, ढुकुरलगायतको आवाज निकालेको कतिपय भिटियो युट्युबमा भेटिन्छ ।

उनलाई धनबहादुरले बाटोमा भेटेको एक भिडियोमा बताएका छन् । एक भिडियोमा उनले भनेका छन्, “१७÷१८ वर्षअघि मैले चाबहिल चोकमा राति १० बजे भेटेको हो । उनी एक्लै थिइन् । सौतेनी आमा छ भन्थिन् । पछि आउने–जाने हुन थालेपछि छोरीजस्तै भएर बसिन् ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC