देश
हेलम्बु । मेलम्ची नदीमा पानीको बहाब घट्न थालेको छ । लेदो भने आइरहेको छ । नदीमा पानीको बहाव घटेसँगै जनजीवन पनि सामान्य बन्न थालेको छ ।
बाढीले विच्छेद् बनाएको मेलम्चीबाट हेलम्बु जोड्ने सडकको निर्माण कार्य पनि भइरहेको छ । बाढीबाट प्रभावित क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा बसिरहेका छन् । विभिन्न व्यक्ति तथा संस्थाले राहत सामग्री पनि पुर्याउने क्रम बढेको छ ।
। सेमिसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको बताइएको छ । तर, जोखिम भने अझै घटेको छैन ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८ १२:१७
प्रतिक्रिया दिनुहोस्