site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
उत्तर कोरियामा खाद्य वस्तुको चरम अभाव रहेको किमले स्वीकारे 
Dabur Nepal

बीबीसी । उत्तर कोरियाली राष्ट्रप्रमुख किम जोङ उनले पहिलोपटक आधिकारिक रुपमा देशभर खाद्य वस्तुको चरम अभाव रहेको स्वीकार गरेका छन् । वरिष्ठ नेताहरुसँगको बैठकलाई सम्बोधन गर्दै किमले ‘जनताका लागि आवश्यक खाद्य सामग्रीको स्थिति चिन्ताजनक बन्दै गएको’ भनेर उल्लेख गरेका हुन् । 
यसमा गत वर्षको आँधी तूफान र देशव्यापी बाढीका कारण कृषि क्षेत्रले लक्ष्य अनुरुप अन्न उत्पादन गर्न नसकेको उनले बताएका हुन् । 
रिपोर्टका अनुसार उत्तर कोरियामा यतिबेला खाद्य वस्तुको भाउ अत्याधिक उचाइमा पुगेको छ जहाँ एक किलो केराको मूल्य नै ४५ डलरसम्म अर्थात नेपाली ५ हजार भन्दा धेरै रहेको एनके न्युजले जनाएको छ । 
कोभिड–१९ का कारण उत्तर कोरियाले आफ्नो सबै सिमानाहरु बन्द गरेको छ । यसैको परिणाम स्वरुप चीनसँगको सम्पूर्ण व्यापार अवरुद्ध भएको हो । उत्तर कोरिया खाद्य वस्तु, कृषिजन्य मल, इन्धन लगायतमा चीनमै भारी निर्भर रहँदै आएको छ । त्यसैले पनि दैनिक उपभोग्य वस्तुको अभाव समस्याजनक बन्दै गएको बताइएको छ । उता आणविक गतिविधिका कारण यसमाथि जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध यथावत नै छ । 
राजधानी प्योङयोङमा भएको यस बैठकमा किमले अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धबारे पनि छलफल गर्ने भनिएको थियो तर यस सम्बन्धी कुनै जानकारी बाहिर आएको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro