site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, एक अर्ब ऋण परिचालन गर्ने लक्ष्य
SkywellSkywell

जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ । मंगलबार प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन् । वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

बजेटमा कोरोना र शिक्षालाई जोड दिइएको छ । शिक्षामा २४ करोड र स्वास्थ्यमा २० करोड विनियोजन गरेका छन् । प्रत्येक जिल्लामा एक–एक नमुना सामुदायिक विद्यालय निर्माणसहित तथा शैक्षिक सुधार गर्नका लागि २४ करोड विनियोजन गरिएको छ ।

कोभिड–१९ नियन्त्रण तथा उपकरण र औषधि खरिदका लागि २० करोड विनियोजन गरेको छ । मृगौला बिरामीका लागि ३५ वटा डायलाइसिस मेसिन खरिद गर्न १२ करोड रुपैयाँ विनयोजन गरिएको छ । जनकपुरधामको मुजेलियास्थित कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याउन तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन चालु आर्थिक वर्षमा  ९ करोड उपलब्ध गराइसकेको र अगामी वर्षमा थप दश करोड दिने भनिएको छ ।

KFC Island Ad
NIC Asia

प्रदेशस्थित सामुदायिक विद्यालयमा खेलकुद विकासका लागि ८ करोड विनियोजन गरिएको छ । ऐतिहासिक पुस्ताकालय, संस्कृति सुधार र जनकपुरधाममा प्रादेशिकस्तरीय पुस्ताकालय निर्माणका लागि पनि बजेट विनियोजन भएको छ । दलित, सहिद, गरिब र मुस्लिम विद्यथार्थीका लागि छात्रवृत्ति दिन २ करोड विनियोजन गरिएको छ । धनुषालाई शैक्षिक हबको रूपमा विकास गर्न सम्भाव्यता अध्ययनका लागि पनि बजेट छुट्याइने भनिएको छ । 

गरिबी न्यूनीकरण र रोजगारी सिर्जना गर्न ८ करोड, युवा स्वरोगार कार्यक्रमका लागि १५ करोड र उद्यमशीलता विकासमा २८ करोड ५० लाख छुट्याइएको छ । सिप विकासको कार्यक्रयमलाई निरन्तरता दिँदै दुई करोड ४० लाख विनियोजन गरिएको छ । 

मन्त्री यादवले सहिदहरूको स्मृति पार्क निर्माण गर्न एक करोड, प्रत्येक निर्वाचन क्षेत्रमा पोखरी संरक्षण तथा सौन्दर्यीकरण गर्न ३२ करोड र धार्मिक सम्पदाको संरक्षणका लागि १८ करोड रुपैयाँ विनियोजन गरेका छन् । पौराणिक एवम् ऐतिहासिक सम्पदाको संरक्षण र त्यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न १५ करोड र प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा पार्क निर्माणका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

दुग्धजन्य पदार्थमा अधारित उद्योग स्थापनाका लागि चार करोड, दुध र माछामासु उत्पादनमा आत्मनिर्भर बनाउन १३ करोड, मौलिक तरकारी खेतीका लागि एक करोड ५० लाख, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमलाई निरन्तरता दिन पाँच करोड, कृषि अनुदानमा १० करोड, डिप ट्युवेल र नदीको व्यवस्थापन गर्न तथा साना सिँचाइका लागि १० करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । 
  
बजेटमा चुरे संरक्षणका लागि विशेष पहल गर्ने भनिएको छ । भू–संरक्षण र पर्यावरण स्वच्छ राख्न १८ करोड, प्रत्येक निर्वाचन क्षेत्रमा एक जलासय पोखरी निर्माण तथा संरक्षण संर्वद्धन एवम् व्यवस्थापनका लागि ३२ करोड, निर्माणाधीन धार्मिक सम्पदाका लागि १८ करोड विनियोजन गरिएको छ । 

एक अर्ब ऋण परिचालन गर्ने 
सरकारले आन्तिरक ऋण एक अर्ब परिचालन गर्ने लक्ष्य लिएको छ । हालसम्म ऋण नलिएको बजेट वक्तव्यमा उल्लेख छ ।

चालु आर्थिक वर्षको जेठ २० गतेसम्म संघीय सरकारबाट प्राप्त भएको वित्तिय समानीकरण अनुदान पाँच अर्ब २६ करोड ५० लाख, राजस्व बाँडफाँडबाट ५ अर्ब  ९८ करोड २४ लाख, संघीय सशर्त अनुदानबाट  ५ अर्ब दश करोड ७५ लाख, विशेष अनुदान अन्तगर्त १३ करोड ८३ लाख र समपूरक अनुदानबापत ९२ लाख प्राप्त भएको बताइएको छ ।

आन्तिरक राजस्वबाट ३ अर्ब २ करोड एक लाख रुपैयाँ प्राप्त भएको छ । कुल विनियोजनाको ६२।५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । चालुतर्फ ७२।३४ र पुँजीगततर्फ ५२।६६ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष संकलन भएको कुल निक्षेपमध्ये यस प्रदेशको ४.३ प्रतिशत योगदान रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro