site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले दोक्लमबाट आफ्नो सेना नहटाएसम्म वार्ता हुँदैन : सुष्मा स्वराज
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । एक महिनादेखि भुटानसँगको सीमामा चीनले सडक निर्माण गरेपछि सतहमा आएको भारत–चीन तनाव अझै पनि जारी छ । यस सम्बन्धमा अहिलेसम्म कुनै पनि समस्याको समाधान भएको छैन । 

यसैबीच भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सबै देश भारतको साथमा रहेको र कानुन एवं नियमले पनि आफ्नो साथ दिएको बताएकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राज्यसभामा उनले भनिन्, “चीन दोकलाम ट्राई जक्सनमा स्थिति फेर्ने कोसिस गर्दै छ । तर भारत स्वयं आफ्नो राष्ट्रको सुरक्षा गर्न सबै तरिकाले तयार छ र यसमा कोही पनि डराउनुपर्ने स्थिति छैन ।”  

भारत चीन सीमा विवादको विषयमा राज्य सभामा उठेको प्रश्नहरुकोको उत्तर दिँदै उनले भनिन्, “यो पटक चीनले बुल्डोजर एवं अन्य उपकरणसहित ट्राईजक्सनको सीमाना तोड्ने प्रयास गर्यो, यो भने हाम्रो लागि एक खतराको विषय हो । चीनले बारम्बार हाम्रो सेनालाई हट्न भनेको छ तर यो तब सम्भव छ, जब चीन पनि आफ्नो सेना त्यो सीमाबाट हटाओस्। जबसम्म चीनले आफ्नो सेना त्यहाँबाट हटाउँदैन, तबसम्म चीनसँग कुनै वार्ता हुँदैन ।” 

Global Ime bank

यो समस्याका सम्भावित समाधानबारे दिल्लीमा बहस सुरु भएको छ । यस्ता विवाद पटक–पटक हुने गरेकाले सतहमा ल्याउन नहुने भारतीय कूटनीतिज्ञहरूको भनाइ छ । भारत सरकार र विपक्षी राजनीतिक दलहरूले कूटनीतिक च्यानलमार्फत समस्या समाधान गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७४  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय