site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सी–पुटिन वार्ता : आणविक सहयोगबारे कुराकानी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीन र रुसबीचको सम्बन्ध हुरी र वर्षाका बावजुद पनि अघि बढ्ने शक्तिशाली फोर्स भएको जनाएका छन् । 

चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सो अवसरमा इजरायल र गाजा क्षेत्रको समस्याको तत्काल समाधान जरुरी रहेको समेत बताएका छन् ।

KFC Island Ad
NIC Asia

पत्रकार सम्मेलनमा सुरुमा सीले बोल्न थालेका थिए भने पुटिनले पछि बोलेका थिए । सो अवसरमा पुटिनले चिनियाँ कार निर्मातालाई रुसमा स्वागत रहेको समेत बताएका थिए । बेइजिङ अहिले रुसका लागि कारको मुख्य आपूर्तिकर्ता हो । यस्तै, कपडा र अन्य उत्पादन पनि चीनबाट नै त्यता जाने गरेको छ । किनकी पश्चिमा मुलुकले अहिले रसियामा नाकाबन्दी लगाइरहेका छन् ।

पुटिनले सो अवसरमा दुई देशबीच गहिरो शान्तिपूर्ण आणविक सहयोगको बारेमा समेत कुराकानी भएको जनाएका छन् । तर, त्यो कस्तो हो भन्ने बारेमा उनले बताएनन् । यस्तै, उर्जा सहयोगलाई व्यापक बनाउने बारेमा पनि ठोस योजना भएको जनाउँदै उर्जा रुसको प्राथमिकताको विषय भएको जनाएका थिए । उनले रुसले अहिले चीनमा खाद्यान्न आपूर्ति बढाएको समेत जनाएका छन् । उनले चीनसँगको रुसी व्यापार अहिले ९० प्रतिशत सम्म भएको जनाएका छन् ।

सीले चीन र रुसको सम्बन्ध आपसी सम्मान र चासोको संगम रहेको जनाएका थिए । सो अवसरमा रुस र युक्रेनबीचको युद्धको राजनीतिक समाधान गर्नुपर्ने विषयमा चीन र रुसबीच सहमति भएको जनाइएको छ । सीले  युरोपमा शान्ति र स्थिरता चाँडो पुनस्र्थापित हुनुपर्ने कुरामा जोड दिएका छन् । सो अवसरमा विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि कुराकानी भएको जनाइएको छ । पुटिनले दुवै देश स्वतन्त्र विदेश नीतिको पक्षमा रहेको जनाएका थिए । विश्वव्यापी संस्थाहरूलाई दुवै देशले राजनीतिबाट मुक्त हुन आग्रह समेत गरेका छन् । उनीहरूले पत्रकारहरूबाट कुनै प्रश्न भने लिएनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro