राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् ।
सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी यतिखेर नेपालीको जीवनरक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पत्ति लगाउनुपर्ने बताएका हुन् ।
राजनीति पछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए ।
नेता केसीले अहिले सरकार र सबै राजनीतिक दलले जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने पनि बताए ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८ १५:५४
प्रतिक्रिया दिनुहोस्