site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपत्यकामा मास्क लगाएर हिँडडुल गर्न पाइने, तरकारी र खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गतेबाट मास्क लगाएर हिँडडुल गर्न पाइने भएको छ । यसबाहेक ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकमा यस्तो सहमति भएको हो ।

गत वैैशाख १६ गतेबाट जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ । फेरि उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । यसबारे आजै विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी छ । निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलेपनि खासै खुकुलो नभएको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए । उनले भने,“अहिल्यै त्यति खासै खुकुलो हुँदैन । पासबाहेकका निजी गाडीहरूपनि चल्दैनन् । विस्तृत कुरा प्रशासनले सार्वजनिक गर्ला ।”

प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा बढाउनसक्ने निर्णय गर्ने बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro