अर्थ व्यवसाय
काठमाडौं । एभरेष्ट बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको सेन्टरलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।
बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूमार्फत चेक हस्तान्तरण गरिएको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ १६:०२
प्रतिक्रिया दिनुहोस्