काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी राजेन्द्र बजगाइँले कोरोना महामारीबाट आक्रान्त बिरामीलाई सहयोग पुर्याउने उद्देश्यअनुरुप स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
गोरखाका नेता बजगाइँले कांग्रेस गोरखामार्फत ११ वटा अक्सिजन सिलिण्डर प्रदान गरेका थिए ।
बजगाइँले उपलब्ध गराएका सिलिण्डर गोरखाका विभिन्न कोभिड अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा हस्तान्तरण गरिन लागेको कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
बजगाइँले आफू जस्तोसुकै कठिन अवस्थामा पनि गोरखाका जनताको साथमा रहेको बताउँदै सक्दो सहयोग गर्दै जाने धारणा राखेका छन् ।
उनले यसअघि पनि भूकम्पका बेलादेखि गोरखाका जनतालाई अप्ठेरो परेको समयमा सहयोग गर्दै आएको बताएका छन् ।