site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेबएपको रूपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिने एनसेलले जनाएको छ ।  

ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उदेश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य भएको जनाइएको छ । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहकका लागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोल्युम सहितका आकर्षक अफरहरू पनि रहेको छन् । यस कोरोना महामारीकाबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सक्छन् ।

विषेश अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागु रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केहि प्याकहरूमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउछन् ।

Royal Enfield Island Ad

कोरोना महामारीले गर्दा घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकैनै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिने एनसेलले जनाएको छ ।

ग्राहकले हाल संचालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विषेश अफरबाट फाइदा लिन सक्ने जनाइएको छ । यी अफरहरू हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यलयको काम गर्न,  अनलाइन कक्षा गर्न लगायतका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ साथ ल्याइएको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro