राजनीति
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले खाद्यान्न तथा किराना पसल एकसाताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
डिपार्टमेन्टल स्टोर पनि बन्द रहनेछन् । तर तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्म खुला रहन पाउनेछन् ।
तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने तथा स्थानीय ढुवानीका हकमा बिहान ९ बजेसम्ममात्रै गर्ने व्यवस्था मिलाइएको छ। तोकिएको तरकारी बजारबाहेक अन्य सार्वजनिक स्थल तथा बाटोमा तरकारी र फलफूल बिक्री वितरणमा भने रोक लगाइएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८ १८:१०
प्रतिक्रिया दिनुहोस्