राजनीति
काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् ।
“केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो राैँ हल्लिदैन,” उनल भने ।
आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियाे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गरेको हो ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८ १९:१०
प्रतिक्रिया दिनुहोस्