site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
फाइजर र एस्ट्राजेनेका खोप भारतीय भेरियेन्टविरुद्ध प्रभावकारी पुष्टि 
SkywellSkywell

बीबीसी । अमेरिकाको फाइजर र अक्स्फोर्ड एस्ट्राजेनेकाको खोप भारतमा उत्पन्न भेरियेन्ट विरुद्ध उच्च रुपमा प्रभावकारी रहेको नयाँ अध्ययनले देखाएको छ । यी खोपहरुको दुई डोज लगाएपछि त्यसले भेरियेन्ट विरुद्ध काम गर्न सक्ने पत्ता लागेको हो । 

सो रिसर्च सञ्चालन गर्ने ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ का अनुसार ती खोपको प्रयोग गर्नुले संक्रमितलाई गम्भीर बिरामी हुनबाट, अस्पताल हुनबाट र मृत्युबाट जोगाउनेछ । यसबारे खुसी व्यक्त गर्दै बेलायती स्वास्थ्य सचिव म्याट हेनककले कोरोनाका मापदण्डहरु खुकुलो बनाउने सरकारको अन्तिम चरणको निर्णयका लागि अब आफ्नो आत्मविश्वास झनै बढेको बताएका हुन् ।

Dabur Nepal
NIC Asia

खोपले नै महामारीबाट सबैलाई बाहिर निकाल्न सक्नेमा समेत उनले जोड दिएका हुन् । र यसमा खोपको दुवै डोज लगाउन महत्वपूर्ण भएको बताए । 

अमेरिकाको फाइजर खोप, दोस्रो डोजको दुई हप्तापछि भारतीय भेरियेन्टबाट उत्पन्न लक्षणजन्य रोग विरुद्ध ८८ प्रतिशत प्रभावकारी साबित भएको हो । यता बेलायतमा फेला परेको भेरियेन्टबाट चाहिँ यसले ९३ प्रतिशत सुरक्षा दिलाउने यसअघि डाटाले देखाएको थियो । 

त्यस्तै एस्ट्राजेनेका खोप पनि भारतीय भेरियेन्ट विरुद्ध ६० प्रतिशत प्रभावकारी पुष्टि भएको छ । पीएचइका अनुसार एस्ट्राजेनेका खोपलाई अधिकतम प्रभावकारीताको बिन्दुसम्म पुग्न केही लामो समय लाग्ने गर्दछ ।

यसमा अहिलेका लागि समस्या के देखिएको छ भने पहिलो डोजपछि खोपको प्रभावकारीता सोचेजति उच्च प्राप्त भएन । दुवै खोप, पहिलो डोज लगाएको तीन हप्तासम्म भारतीय भेरियेन्ट विरुद्ध ३३ प्रतिशत मात्र प्रभावकारी रहेको पाइएको हो । जुन बेलायतको केन्ट भेरियेन्टको तुलनामा थोरै हुन्छ । यी दुईवटै खोपको पहिलो डोज केन्ट भेरियेन्ट विरुद्ध चाहिँ ५० प्रतिशत प्रभावकारी रहेको डाटाले देखाएको थियो । 

यसरी नयाँ भेरियेन्टले खोपलाई छल्न सक्ने क्षमता थोरै स्तरमा वृद्धि हुनुले पनि यसको संक्रमकता सम्बन्धी ठूलो चिन्ता उत्पन्न गराउँछ । तर भारतीय भेरियेन्टले भाइरसलाई संक्रमण फैलाउनमा केही बढी लाभ दिलाइरहेको भए पनि खोपले यसलाई जित्न पूर्ण सम्भव भएको विज्ञहरुले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro