site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र यादव पक्षको निर्णय 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सामेल हुने सदस्यलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओलीको दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक तथा गैरजिम्मेवार कदमविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।

Dabur Nepal
NIC Asia

त्यस्तै, यादव पक्षको बैठकले पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

“बैठकले जनता समाजवादी पार्टीको नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिशाविपरीत कार्य गर्दै/गराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी विधान र नियमावलीबमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साथै, प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको छ । पार्टीविरोधी गतिविधिमा संलग्न अन्यको बारेमा आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ,” बैठकको निर्णयबारे आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, बैठकले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्नेलगायत अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

बैठकले पार्टीको संसदीय दलको नेता चयन नभएको र लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनेको पनि स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro