अर्थ व्यवसाय
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच कनेक्ट आईपीएस र नेसनल पेमेन्ट्स इन्टरफेस प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ ।
जसअन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक, वित्तीय संस्थामा रेहेको खाताबाट कनेक्ट आईपीएसमार्फत बैंकमा रहेको खातामा अनलाईन फन्ड ट्रान्सफर गर्न सकिनेछ । एससीबीएनएल र एनसीएचएलबीच भर्चुअल कार्यक्रममार्फत सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८ १९:५७
प्रतिक्रिया दिनुहोस्