site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलाडीको भविश्यमाथि बक्सिङ संघको ‘लापरबाही’   

काठमाडौं । नेपालमा खेलभन्दा धेरै खेल संघ छन् । यो विषय नेपाली खेलकुदमा नयाँ भने होइन । त्यसमा केही संघहरूमात्र सक्रिय छन् । त्यस्तै सक्रिय संघमा पर्छ नेपाल बक्सिङ संघ । तर, बक्सिङ संघले पछिल्लो समय गरिरहेका क्रियाकलापहरू नै खेलाडीका लागि घातक छन् । 

खेलाडीबाट मेडलको आशा गर्ने बक्सिङ संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीमाथि लापरवाही गरेको देखिएको छ । यसैको एउटा उदारण हो एसियन बक्सिङ च्याम्पियन्सीपमा खेलाडीको सहभागिता गराउने कुरामा भएको लापरवाही । 

बक्सिङ संघले गत चैत २९ देखि ३१ सम्म एसियन च्याम्पियन्सीपमा सहधभागिता जनाउने खेलाडीको छनोट गर्यो । जसमा संघ दर्शक थियो भने खेलाडीले आफ्नै खर्चले छनोटको योजना गरेका थिए । आफ्नै पैसाले छनोट खेल खेलेर एसियन च्याम्पियन्सीप खेल्न जाने सपना बुनेका ७ जना खेलाडी हाल अन्योलमा छन् । 

बक्सिङ संघले कोरोना महामारीको अवस्था र अन्तर्राष्ट्रिय उडान बन्द भएको थाहा हुँदाहुँदै पनि कुनै पहल थालेन । बक्सिङ संघका प्रवक्ता श्याम अवालेले यो विषयमा राष्ट्रिय खेलकुद परिष्द (राखेप)मा वैशाख २६ गते नै पत्रासहित जानकारी गराएको बताए । तर, राखेपमा भने त्यस्तो किसिमको कुनै पात्र गएको थिएन । 

बक्सिङ संघका अध्यक्ष राम अवालले भने १९ तारिखमा राखेप सदस्य सचिव रमेस सिलवाललाई फोन गरे ।

प्रतियोगिताको जानकारी भएर पनि चुप लागेर बसेको बक्सिङ संघ प्रतियोगिता सुरु हुने तीन दिनअघि प्रतियोगितामा खेलाडी सहभागि गराउने कुरामा सक्रियता देखाउन थाल्यो । 

अध्यक्ष अवालेको फोनको जवाफमा राखेप सदस्य–सचिव सिलवालले यस्तो अवस्थामा तीन दिनअघि मात्र सूचना दिनु गलत भएको जवाफ दिए । जवाफसँगै उनले आफूहरूलाई फ्लाइट डिटेलसँगै कागज पत्र उपलब्ध गराएर अनुमति दिने पनि बताए । नभए अन्य कुनै बाटो अपनाएर देखाउने आश्वासन दिए ।  

तर, बक्सिङ संघसँग न कुनै कागज पत्र थियो न कुनै फ्लाइट डिटेल र तयारी नै । खेलाडीलाई पठाउने कुरामा आलटाल गरेको बक्सिङ संघलाई सदस्य–सचिवको कुराले झनै राहात मिल्यो । खेलाडी जान नपाउने पक्का भयो ।  

भोलिपल्ट बक्सिङ संघका प्रवक्ता श्याम अवालेको विज्ञप्ति ओयो । विज्ञप्तिमा लेखिएको थियो, “खेलाडी जान असहज भएको विषयमा हामीले राखेप, एसिन बक्सिङ एएसबीसीमा जानकारी गराई सकेका छौं ।”

नेपालमा कोरोना महामारीको लहर पहिले देखिनै चलेको थियो । वैशाख १६ गतेदेखि सरकारले लकडाउन गरेको र अन्तर्राष्ट्रि उडान वैशाख २२ गतेबाट बन्द भएको सबै कुरा संघका अध्यक्षदेखि पदाधिकारीलाई जानकारी गराएका थिए । 
तर, संघका अध्यक्षदेखि पदाधिरी मात्र प्रतियोगिता हुनुभन्दा दुई दिनअघि सक्रिय बने । 

“मैले प्रतियोगिता हुनुभन्दा तीन दिनअघि मात्र जानकारी पाए । मैले फ्लाइट डिटेल र अन्य कागजपत्र लिएर अफिस या आफ्नो घरमा आउन भने । तर, उहाँहरूको कुनै प्रकारको तयारी थिएन,” सदस्य–सचिव सिलवालले बाह्रखरीसँग कुराकानीमा भने । 

उनले बक्सिङ संघले आफूहरूलाई केहीदिन अघि जानकारी गराएमा स्वास्थ्य सामग्री लिन गएको कुनै पनि एयरलाइन्समा खेलाडीलाई पठाउन सक्ने बताए । हाल नेपालबाट अन्तर्राष्ट्रिय उडानमा समस्या छ । नेपाललाई कडाई गरिएको छ । 

“अहिलेको समय र यस्तो कुरामा बक्सिङ संघले लापरवाही गरेको नै हो । यदि उहाँहरूले राखेपमा २६ गते पत्र पठाएको भन्नु भएको हो भने हामी उहाँहरूलाई कारवाही गर्नेछौं,” सदस्य–सचिव सिलवालले भने । 

यता, खेलाडीहरू भने आफ्नो पहल गरिदिन दिनदिनै गुहारिरहेका छन् । उनीहरू लामो समयपछि हुने ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने आशा अझै नमरेको बताउँछन् । 

“हामी प्रतियोगितामा अझै सहभागिता जनाउन पाउने आशा छ । लामो समय भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको । नेपालमाभन्दा भारतमा कोरोनाको महामारी धेरै छ उनीहरू भारतबाट दुबई जान सक्छन् भने हामी नेपालबाट जान किन सकेनौं ?,” प्रतियोगिता खेल्न जाने तयारी गरेका सागका स्वर्ण विजेता खेलाडी शनिल शाहीले बाह्रखरीसँग भने । 

यता, बक्सिङ संघसँग दुईवटा मात्र विकल्प छ । या त खेलाडीलाई चार्टर फ्लाइटमा दुबई पठाउने यता त २२ घण्टाको बस यात्रा गराएर भारतीय खेलाडीसँग दुबई पठाउने । यो दुबै प्रक्रिया सम्भव छ तर संघसँग त्यति धेरै आर्थिक भार उठाउन सक्ने अवस्था छैन । नत कुनै कागजी प्रक्रिया नै । 

यस्तै घटना भारतमा भएको थियो ‘सेकेन्ड इन्डियन ओपन बक्सिङ च्याम्पियन्सीप’ २०१९ मा । प्रतियोगिता हुनु दुई दिनअघि मात्र संघले खेलाडीलाई काठमाडौं हुँदै झापा हुँदै भारतको गहुवाटीमा बस र रेलको यात्रा गराएको थियो । सुस्त तयारी र अन्योलको वातावरणलाई खेलाडीको मानशिकतामा असर पर्छ नै त्योभन्दा ठूलो खेलाडीको भविश्यमा । संघ त यसै लाचार छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro