site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनौतीबीच चुमेको त्यो उपाधि 
SkywellSkywell

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले हात पार्यो । कोरोना महामारीबीच सम्पन्न भएको प्रतियोगितामा धेरै चुनौतीहरू आए । टिम खेलाडी र प्रशिक्षकसहित आयोजकले प्रतियोगिता सम्पन्न गर्यो । पहिलो फ्रेन्चाइज लिग भएकाले केही असहज परिस्थितिहरू पनि आए । तर, परिस्थितिलाई समाधान गर्दै प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको फाइनल खेलमा काठमाडौं धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्यो ।
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । नकआउट चरणमा धनगढीसँग पराजित भएको काठमाडौं रेजर्स पहिलो प्लेअफमा पनि धनगढीसँग पराजित हुन पुग्यो । 

फाइनल खेल खेल्नु अघि काठमाडौंलाई केही असहज भने थियो । खेलाडीको मनोबल कमजोर भएको थियो । तर, काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने खेलाडीको हौसलालाई कायम राख्न महत्वपूर्ण भूमिका खेले । एनएसएलको फाइनल खेलको एक महिना अघि महर्जनले नेपाललाई घरेलु मैदानमा त्रिदेशीय फुटबलको उपाधि जिताइ सकेका थिए । उक्त उपाधिले पनि महर्जनलाई हौसला भने मिलेको थियो । खेलाडीलाई थप हौसला दिँदै फाइनलमा उच्च मनोबलका साथ खेल्न लगाए ।
 
“फाइनलअघि हामी धनगढीसँग दुईपटक पराजित भइसकेका थियौं । खेलाडीको मनोबलमा केही कमी देखिन्थ्यो । धनगढीको उच्च मनोबलले हाम्रो खेलाडीलाई सहज बनायो । खेलअघि काठमाडौंका खेलाडी पनि उच्च मनोबलका साथ लागेका थिए,” महर्जनले भने । महर्जनले आफूहरूको खेल पहिलो चरणमा बलियो भएपनि बीचमा केही कठिनाइसँगै समूह विजेता बन्न पाएकोमा खुसी पनि लागेको बताए ।
 
लिगमा कूल ९ खेल खेलेको काठमाडौंले पाँच खेलमा जित निकाल्यो भने तीन खेलमा पराजित भयो । काठमाडौंले एक खेलमा बराबरी खेल्यो । तीन खेलमा पराजित भएको काठमाडौं दुई खेलमा धनगढीसँग पराजित भएको थियो भने एक खेलमा चितवनसँग पराजित भएको थियो । 

KFC Island Ad
NIC Asia

यसरी जित हार र बराबरी हुँदै समूह विजेता बन्दै काठमाडौंले उपाधि जित्यो । यमाहाको स्वामित्वमा रहेको काठमाडौंले लिगमा आफ्नो बेग्लै छाप छोड्न सफल भयो । प्रशिक्षक महर्जनको काठमाडौंमै उपाधि राख्ने योजना पनि सफल भयो ।


“काठमाडौंमा उपाधि राख्ने मेरो योजना सफल भयो । विभिन्न चुनौतीबीच सफल भयौं । यो अवसरमा साथ दिने सबैलाई धन्यवाद आगामी सिजन हामी थप बलियो हुँदै आउने छौं । पहिलो सिजन भएकाले केही कजोरी भए पनि यसलाई सुधार गर्ने मौका अर्काे सिजन अवश्य मिल्नेछ,” महर्जनले भने ।
 
महर्जनले घरेलु फुटबललाई व्यावसायिक बनाउन ठूला संघ संस्थाले पनि महत्वपूर्ण भूमिका खेलेको बताए । यस्तो महामारीको समयमा पनि निजी संस्थाहरू लगानी गर्न अग्रसर हुनु आफूहरुका लागि खुसीको कुरा भएको बताए ।
 
एनएसएलमा यस्तै निजी संस्थाले लगानी गर्दै गएमा आगामी यात्रा थप सहज हुने उनको विश्वास छ । उनले नेपाली फुटबलको विकासमा एनएसएलले ठूलो भूमिका खेल्ने पनि बताए । महर्जनले नेपाली फुटबलको विकासको एक नयाँ आयमका रुपमा यो प्रतियोगिता आएको र यसलाई निरनतरता दिन सके धेरै विकास हुने उनको भनाइ छ ।  

Royal Enfield Island Ad

“नेपाली फुटबलमा एनएसएल नयाँ विकासको यात्रामा लागेको छ । यसलाई निरन्तरताको खाँचो छ । निजी संस्थाहरुले पनि लगानी गर्न नहिचकिचाउने हो भने एनएसएलले फुटबल विकासमा बेग्लै पहिचान बनाउने छ,” महर्जनले भने ।

महर्जनले एनएसएलको उपाधि आफ्नो व्यक्तिगत जीवनमा पनि महत्वपूर्ण भएको बताए । उनले नेपाली टोली र अन्य क्लबका लागि जति उपाधि जिताए काठमाडौंका लागि एनएसएलमा जिताएको उपाधि त्यति नै महत्वपूर्ण भएको बताए ।

नेपाली टोलीका पूर्व प्रशिक्षक रहेका महर्जन नेपाली फुटबलमा एक सफल प्रशिक्षकको रुपमा पहिचान बनाएका छन् । “नेपाली फुटबलमा मैले पाएको सफलतासँगै जोडिएको छ एनएसएलको सफलता । मैले फुटबलमा जितेका जति पनि उपाधिहरु छन् उस्तै महत्वपूर्ण छ मेरा लागि एनएसएलको उपाधि,” महर्जनले भने ।
 
सन १९९३ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका महर्जनले देशका लागि धेरै सफलतामा महत्वपूर्ण योगदान गरेका छन् । महर्जनले नेपालका लागि खेलाडीका रुपमा जति योगदान गरेका छन् त्यति नै प्रशिक्षकको रुपमा गरेका छन् । नेपालले बंगबन्दु गोल्डकपदेखि साग उपाधि पनि महर्जनकै नेतृत्वमा जितेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro