site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपालले बादललाई भने– तपाईँलाई अहिले भोट दिन सक्दैनौँ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले) सहमतितिर अघि बढिरहँदा राष्ट्रियसभाको उपनिर्वाचन बाधक बन्ने खतरा देखिएको छ । जेठ ६ गते हुने उपचुनावमा एमालेकै दुईजना उमेदवार मैदानमा छन् । एमालेको आधिकारिक उमेदवार गृहमन्त्री रामबहादुर थापा बादल छन् । गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा मैदानमा छन् । एमाले विवाद उत्कर्षमा पुगेका बेला कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेतलाई सहमत गराएर नेता नेपालले साझा उमेदवार खडा गरेका हुन् ।
मौन अवधि सुरु हुनुपूर्व उमेदवार बादल नेता नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

नेता नेपालले सहयोग गर्न नसक्ने बताएको उनको सचिवालयले स्पष्ट पारेको छ । “आज राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,” सचिवालयले भनेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसपछि थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेको सचिवालयल जिकिर गरेको छ ।

“मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ,” सचिवालयले भनेको छ ।

Royal Enfield Island Ad

नेता नेपालले यस्तो बताएपछि प्रधानमन्त्री ओली पक्ष अहिले आन्तरिक परामर्शमा जुटेको छ । मंगलबारै निर्वाचन परिचालन कमिटीको बैठक सिंहदरबारमा बसेको थियो । पार्टी महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको कार्यकक्षमा बसेको बैठकमा परिचालन कमिटीका संयोजक तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँका जिल्ला अध्यक्ष कृष्ण राई, काभ्रेका सांसद गोकुल बास्कोटासमेत बसेर मतको आकलन गरेका थिए ।

त्यही समूह अहिले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफलमा छ । उनीहरूले नेपाल समूहले मत नहाल्ने निष्कर्ष निकालेका छन् । व्यक्तिगत सम्पर्कका आधारमा मत तानेर बादललाई जिताउने रणनीति तयार पारिरहेको बुझिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro