site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हरेक दिन नयाँ रेकड बनाउँदै नेप्से, बजार परिसूचक र कारोबार दुवैमा बन्यो नयाँ रेकर्ड  
SkywellSkywell

काठमाडौं । सेयर बजार दोहोरो अंकको वृद्धिसँगै बजार परिसूचक २८०० अंकनजिकको ऐतिहासिक उचाइमा पुगेको छ । सातको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३४.५९ अंकले वृद्धि हुँदा २७९३.८१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो ।

बजार परिसूचक मात्रै नभएर मंगलबार कारोबार रकमले पनि इतिहास रचेको छ । नेप्सेमा एकैदिन पहिलो्पटक कारोबार रकम ११ अर्ब नाघेको छ । आज नेप्सेमा २ करोड ३० लाख २४ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २९ करोड ८९ लाख ४८ हजारको कारोबार भएको छ ।

गएको बिहीबार २७५९.२२ अंकको नयाँ उचाइ कायम गरेको नेप्सेले आज अर्को नयाँ रेकर्ड बनाएको हो । यसअघि, आइतबार २७३८.५ अंकमा पुग्दा  उक्त दिन पनि नयाँ रेकर्ड कायम गरेको थियो । सोमबार २७५९.२२ अंकमा बन्द भएको नेप्से मंगलबार प्रि–ओपन सेसनमा नै बढेर २५ अंकले २७८४.६ अंकमा खुलेको थियो । ‘इन्ट्र–डे’ कारोबारमा २७९४.९६ अंकको ऐतिहासिक उचाइमा पुग्दा २७६६.७१ अंकसम्म झरेको थियो ।

KFC Island Ad
NIC Asia

निषेधाज्ञाले गर्दा व्यापार–व्यवसाय ठप्प हुँदा व्यापारीहरुको बजारमा सक्रियता बढ्दा बजारमा परिसूचक र कारोबार रकम पनि उचालिएको हो । निषेधाज्ञाले सुरुमा केही त्रसित देखिएका लगानीकर्ता विस्तारै परिवेशसँग घुमिल हुँदै गर्दा बजारमा लगानीकर्ताले सक्रियता बढाएको धितोपत्र दलाल व्यवसायी भरत रानाभाट बताउँछन् ।

बजारमा व्यापारीहरुले पहिलेदेखिनै सामान्य कारोबार गर्दै आए पनि अहिले निषेधाज्ञाले गर्दा आफ्नो व्यापार–व्यवसाय बन्द भएको अवस्थामा व्यापारीहरु पनि सेयर बजारमा सक्रिय भएको उनले बताए ।

“बीचमा लगानीकर्ता निषेधाज्ञाले गर्दा अलमलमा थिए । तर, अब योभन्दा खराब अवस्था आउँदैन भन्ने भए पनि पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताको सक्रियता बढेको छ । जसले कारोबार रकम बढेको हो,” दलाल व्यवसायी रानाभाटले बाह्रखरीसँग भने । व्यापारी मात्रै नभएर आईपीओको १० कित्ते नीतिले सेयर बजारमा प्रवेश गरेका साधारण मान्छे पनि अहिलेको निषेधाज्ञामा दोस्रो बजारमा सक्रिय रहेको उनी बताउँछन् ।

यस्तै, व्यापार ठप्प भएको र अन्य लगानीको अवसर नहुँदा अवस्थासँग घुलमिल हुँदै गएपछि व्यापारीहरु पनि बजारमा सक्रिय भएका छन् । अब दसैंनजिक नआएसम्म व्यापार–व्यवसाय खासै नफस्टाउने हुँदा व्यापारीहरु करिब चार–पाँच महिना सेयर बजारमा सक्रिय हुने अनुमान रहेको विश्लेषकहरु बताउँछन् ।

धितोपत्र दलाल व्यवसायी रानाभाट कारोबार रकम र बजार परिसूचक दुवै बढ्नु सकारात्मक भएको बताउँछन् ।

बजार परिसूचक नेप्सेसँगै आज ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.६४ अंकले बढेर ४९७.२२ अंकमा पुगेको छ । आज उत्पादनमूलकबाहेकका सबै उपसमूहमा हरियाली छाएको छ । होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ६.१५ अंकले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ५.८६ प्रतिशत, हाइड्रोपावर उपसूचक ३.४९ प्रतिशत र विकास बैंक उपसूचक ३.३३ प्रतिशतले वृद्धि भएको छ । बजारमा कारोबारीको रोजाइ कम पुँजी भएका र कमजोर पफर्मेन्स भएको विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावरको देखिन्छ ।

आज कारोबारमा आएका ३३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा अधिकांश विकास बैंक, वित्त कम्पनी, होटेल र कमजोर पफर्मेन्स भएको हाइड्रोपावजर रहेका छन् ।

यता, नेपाल दूरसञ्चार कम्पनी र अपर तामाकोसीको सेयर मूल्य भने १ प्रतिशतमाथिले घटेको छ । आज कारोबारमा आएका १५८ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ ।

कारोबार रकममा इतिहास रचेको दिने नेप्सेमा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको सेयर सात दिनयता लगातार उच्च कारोबार भइरहेको छ । कम्पनीको ६७ करोड ९३ लाखको कारोबार भएको छ । यस्तै, नेसनल लाइफको ३४१ करोड ५६ लाख ५३ हजार र अरुण काबेली पावरको ३१ करोड ४३ लाख ७६ हजारको कारोबार भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro