राजनीति
चितवन । नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले चितवनको खैरहनी र राप्ती नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले विपन्न परिवारको जीवनयापन कठिन बन्दै गएकाले राहत वितरण गरिएको तरुण दलले जनाएको छ ।
खैरहनी र राप्ती नगरपालिकाका ३२० घरधुरीलाई राहत वितरण गरिसकिएको जनाइएको छ । हाल परिवारको संख्या र अवस्था हेरेर चामल, दाल, तेल, नुन, मसलालगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८ १६:२२
प्रतिक्रिया दिनुहोस्