site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुहिएर खेर जाँदै खरबुजा, किसान मर्कामा
SkywellSkywell

जनकपुरधाम । धनुषाका व्यावसायिक किसानहरूको खेतमा पाकेको खरबुजाले बजार नपाउँदा उनीहरू चिन्तित बनेका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण खरबुजाले बजार पाउन सकेको छैन । उनीहरूले बारीबाट खरबुजा घर त भित्र्याएका छन् तर बिक्री गर्न नपाउँदा चिन्तित बनेका हुन् ।

दैनिक आम्दानी गरेर घर व्यवहार चलाइरहेका यहाँका किसान उत्पादित फल बेच्न नपाएपछि आर्थिक संकटमा पनि परेका छन् । साहुसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर खेती गरेका उनीहरूलाई खरबुजा बेच्न नपाएपछि कोरोनाको त्राससँगै भोक र ऋणको चिन्ताले पनि सताउन थालेको छ ।

KFC Island Ad
NIC Asia

मिथिला नगरपालिका–६ का किसान पवित्रा साहले निषेधाज्ञा थपिँदै जाँदा चिन्ता बढेको बताइन् । पुस्तौँदेखि खरबुजा खेती गर्दै आएकी उनी निषेधाज्ञाका कारण बजार गुमेको बताउँछिन् ।

खरबुजा बेच्न नपाएपछि बिहान–बेलुका छाक टार्न पनि समस्या भएको उनले सुनाइन् । “३६ प्रतिशत दरको ब्याजमा ऋण लिएर दैनिक गुजारा चलाउँदै आएकी छु,” उनले भनिन्, “खाद्यान्न अब धेरै दिनलाई पुग्दैन । अब त ऋण दिन पनि कसैले मान्दैनन्, हामी के खाएर बाँचौँ ?”

Royal Enfield Island Ad

निषेधाज्ञाका कारण १९ कट्ठा जमिनमा लगाएको खरबुजा बिक्री नभएको उनले बताइन् । केही समयअगाडि नियमित एक साता परेको अविरल वर्षाले खरबुजालाई निकै असर पारेको र वर्षाबाट जोगिएकोलाई पनि बिक्री गर्न नपाउँदा कुहिएर नष्ट हुन थालेको उनले दुखेको पोखिन् ।

खुद्रा व्यापारी पनि समस्यामा
सामान्य समयमा यहाँ फागुन, चैत, वैशाख र जेठ महिनासम्म प्रत्येक वर्ष ६० ट्रकभन्दा बढी खरबुजाको व्यापार हुने गरेको व्यापारी बताउँछन् । यो वर्ष पनि व्यापारीहरू विभिन्न स्थानबाट खुद्रा बेच्न खरबुजा लिएर राजमार्ग वरपर आएका छन् । तर, ग्राहक नपाएपछि उनीहरु चिन्तामा छन् ।

ढल्केबरमा खुद्रा बिक्रीका लागि खरबुजा थुप्रो लगाएर बसेका रौतहटको माधवनारायण नगरपालिकाका माधवनारायण चौधरी ग्राहक कुरेरै दिन कटाउँछन् । निषेधाज्ञाका कारण चौधरी मात्रै होइन, अधिकांश व्यापारी फुर्सदिला देखिन्छन् ।

कुहिएर खेर
प्रत्येक वर्ष खरबुजा बेचेर करिब १० लाख रुपैयाँ आम्दानी गर्ने गरेको भन्दै चौधरीले यो वर्ष एक ट्रक खरबुजा कुहिएर खेर गएको सुनाए । “चैतको पहिलो साता मैले चार लाख ५० हजार रुपैयाँ तिरेर एक ट्रक खरबुजा ल्याएको थिएँ । वैशाख २१ गतेदेखि लकडाउन भयो । केही दिन पूरै कडाइ रह्यो,” उनले भने, “अब खरबुजा खेतीमा लागेको लगानी पनि निस्किँदैन । चिन्ताले मलाई सताइरहेको छ ।”

अर्का व्यापारी मिथिला नगरपालिका–६ का श्याम महतोको दुखेसो पनि उस्तै छ । विगतका वर्षमा दैनिक ६० हजार रुपैयाँसम्मको खरबुजा बेच्ने गरेको बताउने उनी यसपटक बिक्री गर्नै नपाएको गुनासो गर्छन् ।

वर्षको यी चार महिनामा चौधरी र महतोजस्ता व्यापारीले राम्रो आम्दानी गर्ने गरेका थिए । तर, यसपटक व्यापार त गर्न पाएनन् नै भएको फलसमेत कुहिएर खेर फाल्नुपरेपछि चिन्तित छन् ।

ढल्केबर खरबुजा व्यापारका लागि चर्चित ठाउँ मानिन्छ । राजमार्ग भएर आउने जानेहरूले गाडी रोकेर खरबुजा किन्ने गरेको व्यापारीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार फागुनदेखि जेठसम्म बढी व्यापार हुने खरबुजा भारतको उडिसा, बंगाल, बिहारसहित नेपालको झापा, सिरहा र धनुषालगायतबाट ढल्केबर ल्याउने गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro